मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

मुस्ताङ भन्सार कार्यालयबाट आज छुटेका दुईवटा सवारीसाधनमा ठूलो परिमाणमा भेप (इलेक्ट्रोनिक चुरोट) रहेको स्रोतको दाबीपछि उक्त भन्सार फेरि विवादमा तानिएको छ। विश्वसनीय स्रोतका अनुसार आज भन्सारबाट छुटेका दुई गाडीमा ठूलो मात्रामा भेप रहेको आशंका गरिएको छ। यद्यपि यसबारे सम्बन्धित निकायले औपचारिक पुष्टि गरिसकेको छैन।

बिज्ञापन

पछिल्लो समय मुस्ताङ भन्सार भौगोलिक विकटताको फाइदा उठाउँदै अवैध सामान ओसारपसार हुने संवेदनशील नाकाका रूपमा चिनिन थालेको छ। सीमावर्ती क्षेत्रमा निगरानी कमजोर हुँदा तस्करीका गतिविधि बढ्दै गएको भन्दै सरोकारवालाले पटक–पटक चिन्ता व्यक्त गर्दै आएका छन्।

बिज्ञापन

यस्तो अवस्थामा पनि भन्सार विभाग, अर्थ मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रभावकारी निगरानी र नियन्त्रणमा पर्याप्त सक्रियता नदेखाएको आरोप समेत उठ्न थालेको छ। तस्करी नियन्त्रणका लागि जिम्मेवार निकायहरू मौन बसेको भन्दै प्रश्नहरू उठिरहेका छन्।

यस विषयमा प्रतिक्रिया माग्दा भन्सार विभागका महानिर्देशक यामलाल भुसालले आफूलाई उक्त घटनाबारे तत्काल जानकारी नभएको बताए। उनले विषयको यथार्थ बुझ्ने र कुनै अनियमितता भेटिए कडा कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।

बिज्ञापन

कर्मचारी प्रेसले यसअघि पनि मुस्ताङ भन्सारसँग सम्बन्धित विभिन्न शंकास्पद गतिविधि र तस्करीका सम्भावित घटनाबारे पटक–पटक समाचार प्रकाशन गर्दै आएको छ। त्यसैले आज भन्सारबाट छुटेका सबै सवारीसाधनलाई तत्काल नियन्त्रणमा लिएर पुनः परीक्षण तथा विस्तृत अनुसन्धान गर्नुपर्ने माग समेत उठ्न थालेको छ।

सरोकारवालाहरूका अनुसार पछिल्लो समय राजस्व अनुसन्धान विभाग खारेज भएपछि संगठित तस्करी नियन्त्रणमा चुनौती थपिएको छ। अवैध व्यापार गर्ने समूहहरू अझ सक्रिय बन्दै गएको र सीमावर्ती नाकाहरूको दुरुपयोग बढेको उनीहरूको भनाइ छ।

कोरोला नाकाबाट शंकास्पद दुई गाडी नियन्त्रणमा, करिब एक लाख ‘भेप’ रहेको आशंका

२८ करोडको भेप काण्ड : कर्मचारीदेखि उच्च पहुँचवालासम्म अनुसन्धानको घेरामा

कर्मचारी बजेट लेखनमा व्यस्त: कोरलामा भेप तस्करी, २४०० कार्टुन भेप गायब

भेप तस्करीमा राति ११ बजे एनसेल नम्बरबाट कर्मचारीको ‘सिग्नल’ : सबै सुतिसके, अब सामान ल्याउँदा हुन्छ भनेपछि…

अख्तियारले साढे ४ करोड अकुत सम्पत्तिमा डामेका उपसचिवलाई रसुवा भन्सारको जिम्मेवारी

बजेटअघि कर हेरफेरको सूचना चुहिएको आशंका : सशस्त्र प्रहरीद्वारा ७७५ बीवाईडी गाडी नियन्त्रणमा

बीवाईडी प्रकरणमा नयाँ नाम : उत्तरी नाकाका प्रभावशाली क्यारिङ व्यवसायी उद्धव राउतको भूमिकामाथि पनि चासो

बीवाईडी गाडीदेखि भेप काण्डसम्म : अनुसन्धानको दायरामा को–को परे भन्सार कर्मचारी ?

मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ?

नक्कली प्रज्ञापनपत्र बनाएर भेप तस्करी : सात बर्ष कैद हुनुपर्ने प्रतिवादी छुटे धरौटीमा

बीवाईडी काण्डपछि भन्सार विभागका महानिर्देशक भण्डारी तानिए, नयाँ महानिर्देशकमा सहसचिव पाण्डे

६४ करोडको भेप कान्ड : नक्कली प्रज्ञापनपत्र बनाउनेलाई उन्मुक्ति , अनुसन्धान भरियामै रोकियो

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सार फेरि विवादमा : दुई गाडीमा ठूलो परिमाणमा भेप रहेको स्रोतको दाबी

लोकसेवा आयोगले गर्यो परीक्षाको कार्यक्रम संशोधन

२१ अधिकृतको सरुवा,१० को गृहमा इन्ट्री

राष्ट्रिय किताबखानामा संगठन तथा पद दर्ताको काम तीव्र, १० मन्त्रालयका १३७ निकायको दर्ता सम्पन्न

स्मार्ट सेल र एनसेलको ४ अर्ब ६० करोड प्रकरणमा पक्राउ पर भण्डारी

इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

फेरियो स्वास्थ्य मन्त्रालयको संगठन संरचना : ४ अतिरिक्त सचिव खारेज,अब ४ वटामात्र महाशाखा

१०० भन्दा बढी अधिकृतको सरुवाको तयारी, मन्त्री रावलमाथि ‘बेमौसमी सरुवा’मा केन्द्रित भएको आरोप

बिशेष