सेवाग्राहीदेखि सहकर्मीबाट ६ करोड ठगेर शाखा अधिकृत लुँइटेल फरार

एक जना अधिकृत तहको कर्मचारीले झण्डै ६ करोडभन्दा बढी रकम ठगी गरेर फरार रहेको भेटिएको छ । हाल सुनसरीको इटहरी उपमहानगरपालिकामा दरबन्दी रहेको अधिकृत छैटौँ तहकी ती महिला कर्मचारीले झापादेखि इटहरीसम्मका दुईसयभन्दा बढी सर्वसाधरण,सहकर्मीदेखि उद्योगी व्यवसायीहरुसम्म ठगी गरेको उजुरी अहिले प्रहरीसम्म पुगेको छ ।

बिज्ञापन

यसरी ठगीमा सक्रिय रहेकी अधिकृत हुन सुस्मिता लुइटेल । गत भदौ ६ गते इटहरी उपमहानगरपालिकामा कार्यरत उनीबाट ठगिएका पीडितहरुको लाइन अहिले प्रहरीदेखिप्रशासन,अदालतसम्म पुगेको छ ।

बिज्ञापन

उनी यस अघि झापाको अर्जुनधारा नगरपालिकामा कार्यरत रहँदा कार्यालय प्रमुखकै हस्ताक्षरको दुरुपयोग गरी राजस्वमा अनियमिततामा मुछिएकी उनी भदौं ६ गतेदेखि इटहरी आइपुगेकी हुन । उनीबाट ठगिनेमा सर्वसाधरण,सेवाग्राही,व्यवसायीदेखि सहकर्मी र जनप्रतिनिधिसम्म छन् । पारिवारिक समस्या देखाउँदै उनले झापादेखि सुनसरीसम्मका सहकर्मी,व्यवसायीदेखि सर्वसाधरणसम्मबाट कसैसँग १ लाख,कसैसँग साढे दुई लाख,त कोहीबाट चार लाख,पाँच लाख गरी ६ करोडभन्दा बढी रकम ठगी गरेको बताइएको छ । उनीबाट ठगिनेहरुमध्ये सबैभन्दा कम १ लाख र बढीमा २४ लाखसम्म सापटी दिइएको तर फिर्ता नआएको उजुरी गरेका छन् । यसरी उनले झापा र सुनसरीका झण्डै २०० जनाभन्दा बढी मानिसहरूको करोडौं रुकम ठगी गरेको आरोप लागेको छ।

जनप्रतिनिधि, स्वास्थ्य शाखा तथा अन्य कर्मचारीहरूसँग व्यक्तिगत रूपमा १ लाखदेखि २४ लाख रुपैयाँसम्म सापटी लिएको बताइएको छ।

बिज्ञापन

उनीविरुद्ध इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी परिसकेको छ। सोनापुर, इटहरी निवासी लुइँटेल ६३ दिनदेखि कार्यालयमा अनुपस्थित रहेको बताए। इलाका प्रहरी कार्यालय इटहरीमा ४० जनाभन्दा बढीले लुइँटेलविरुद्ध २ करोडभन्दा बढी रकम लगेर नतिरेको उजुरी दिएका छन्।

उनीबाट ठगिएकामध्येका एक हुन मोहन दंगाल,विकास पौडेल, बिपिन भट्टराई लगायतले इटहरीमा उनीविरुद्ध जाहेरी दर्ता गराएका हुन्। पीडितहरूले पटक–पटक रकम फिर्ता माग्दा समेत पाएका छैनन भने उनी मोवाइल स्वीचड अफ गरेर सम्पर्क बिहिन भएकी छिन् । उनले प्रयोग गर्ने ९८०६१६७५७१ नम्बरको मोबाइल अफ गरेर फरार रहेको बताइएको छ ।

पालिकाका अनुसार उनी ६५ दिनदेखि कार्यालयमा विना जानकारी अनुपस्थित छिन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रतिनिधि सभा बैंठक LIVE

भिजिट भिसा काण्डमा डरलाग्दो सेटिङ्ग

अख्तियार छेउकै अड्डामा दर्जनौं अनियमितता

मध्यरातमा पाँच बुदे सहमति,स्थानीय तहका कर्मचारीको आन्दोलन स्थगित

कांग्रेसको राज्य प्रशासन विभागमा ४ पूर्वकर्मचारी मनोनित

सेवाग्राहीदेखि सहकर्मीबाट ६ करोड ठगेर शाखा अधिकृत लुँइटेल फरार

डा. टीका ढकालको गजल

निजामती कर्मचारीलाई लक्षित गरी भोलिदेखि सिभिल अस्पतालको सध्याकालीन सेवा

बिशेष