बीवाईडी काण्डपछि भन्सार विभागका महानिर्देशक भण्डारी तानिए, नयाँ महानिर्देशकमा सहसचिव पाण्डे

भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई अर्थ मन्त्रालय तानिएको छ। रसुवा र मुस्ताङ भन्सार कार्यालयबाट विद्युतीय (ईभी) गाडी आयातमा भएको अनियमितता प्रकरणसँग उनको नाम जोडिएपछि उनलाई मन्त्रालयमा तानिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

बिज्ञापन

गत भदौदेखि भन्सार विभागको नेतृत्व सम्हाल्दै आएका भण्डारीको स्थानमा भन्सार विभागका उपमहानिर्देशक सहसचिव भरतमणि पाण्डेलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ। पाण्डे इमान्दार र सक्षम प्रशासकका रूपमा चिनिन्छन्।

बिज्ञापन

सरकारी स्रोतका अनुसार बजेट घोषणा हुनुअघि रसुवा र मुस्ताङ भन्सार कार्यालयबाट बीवाईडीका विद्युतीय गाडीहरू भौतिक रूपमा नेपाल नआउँदै कागजातका आधारमा मात्रै जाँचपास गरिएको पुष्टि भएको थियो। उक्त प्रकरण सार्वजनिक भएपछि अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित १३ कर्मचारीलाई विभागमा तानेर पछि निलम्बन गरेको थियो।

अनुसन्धानका क्रममा कागजी जाँचपासमा संलग्न १३ कर्मचारी, साइमेक्स इंकलगायत सम्बन्धित कम्पनी तथा भन्सार एजेन्टहरूलाई समेत कारबाहीका लागि सिफारिस गरिएको थियो। यही प्रकरणको जिम्मेवारी र निगरानीको प्रश्न उठेपछि महानिर्देशक भण्डारीलाई पनि मन्त्रालय तानिएको स्रोतको दाबी छ।

बिज्ञापन

यस्तै, भन्सार विभागकै केही कर्मचारीका अनुसार भण्डारीले मुस्ताङ भन्सारबाट सरुवा भइसकेका एक अधिकृतको सरुवा थमौती गराएर उनलाई त्यहीँ राख्न भूमिका खेलेका थिए। ती अधिकृतको कार्यकालमा ठूलो परिमाणमा भेप तस्करी भएको आरोपसमेत लाग्दै आएको छ। यद्यपि यस विषयमा आधिकारिक अनुसन्धानको निष्कर्ष सार्वजनिक भएको छैन।

भन्सार विभागमा नेतृत्व परिवर्तनसँगै आन्तरिक राजस्व विभाग पनि निमित्त नेतृत्वकै भरमा सञ्चालन भइरहेको छ। त्यहाँ रमेश अर्यालले निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका छन्।

कुनै समय महानिर्देशक बन्न उच्च तहका कर्मचारीबीच तीव्र प्रतिस्पर्धा हुने भन्सार र आन्तरिक राजस्वजस्ता संवेदनशील निकायमा अहिले भने नेतृत्व लिन कर्मचारीहरू नै अनिच्छुक देखिएको प्रशासनिक वृत्तमा चर्चा छ। पछिल्ला दिनमा बढ्दो अनुसन्धान, भ्रष्टाचार तथा तस्करीसँग सम्बन्धित विवाद, राजनीतिक दबाब र कानुनी जोखिमका कारण राजस्व प्रशासनका प्रमुख पदहरू कर्मचारीका लागि चुनौतीपूर्ण बन्दै गएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष