कोरोला नाकाबाट शंकास्पद दुई गाडी नियन्त्रणमा, करिब एक लाख ‘भेप’ रहेको आशंका

काठमाडौं । भन्सार विभागले कोरोला नाकाबाट भित्रिएका दुई वटा शंकास्पद गाडी नियन्त्रणमा लिएको छ। विभागीय स्रोतका अनुसार हिजो राति करिब साढे १० बजे ती गाडी नियन्त्रणमा लिइएको हो।

बिज्ञापन

स्रोतका अनुसार ती गाडीमा अवैध रूपमा ‘भेप’ (इलेक्ट्रोनिक चुरोट) लुकाएर ल्याइएको हुनसक्ने आशंकामा नियन्त्रणमा लिइएको बताइएको छ। हाल दुवै गाडी विभागको नियन्त्रणमा राखिएको छ भने आज खोलर विस्तृत जाँच गर्ने तयारी भइरहेको छ।

बिज्ञापन

भन्सार विभाग निकट स्रोतले दिएको जानकारीअनुसार ती गाडीभित्र करिब एक लाख पिस ‘भेप’ रहेको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, आधिकारिक रूपमा गणना तथा प्रकृति सार्वजनिक गरिएको छैन।

नेपाल सरकारले भेप तथा इलेक्ट्रोनिक चुरोटको आयात, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाइसकेको अवस्थामा ठूलो परिमाणमा भित्र्याउने प्रयास भएको आशंकाले यो घटनालाई गम्भीर रूपमा हेरिएको छ।

बिज्ञापन

विभागले गाडी कसको हो, कहाँबाट ल्याइएको हो र यसमा संलग्न व्यक्तिहरूबारे अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि मात्रै बरामद सामग्रीको वास्तविक परिमाण र तस्करीको स्वरूप खुल्ने विभागको भनाइ छ।

भन्सार स्रोतका अनुसार पछिल्लो समय उत्तरी नाकाहरू हुँदै प्रतिबन्धित तथा उच्च कर लाग्ने सामग्री तस्करी गर्ने प्रयास बढ्दै गएको छ। यही क्रममा विशेष सूचनाका आधारमा ती गाडी निगरानीमा राखेर नियन्त्रणमा लिइएको बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कोरोला नाकाबाट शंकास्पद दुई गाडी नियन्त्रणमा, करिब एक लाख ‘भेप’ रहेको आशंका

भोलि हुँदै कलाकार संघको चुनाव : यस्ता छन् उत्तम केसी समुहको प्रतिबद्धताहरू

विपद्को मुखमा जिल्लाहरू सिडिओविहीन: गृह सचिव श्रेष्ठको कार्यक्षमतामाथि प्रश्न

उपराष्ट्रपति,राष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन नहुने

बैंकमा बदमासी : हिमालयनमा ३३ प्रतिशत कर्मचारी आउटसोर्सिङका

एकै वर्षमै ८५ अर्ब राजश्व छुट,क कस्ले पाए लाभ ?

प्रदेशमा मन्त्रालय कटौतीको तयारी : साउनबाट १२ मन्त्रालय ८ मा झारिदैं

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन

बिशेष