ऊर्जा,जलस्रोत तथा सिंचाईं मन्त्री विराजभक्त श्रेष्ठ,चार बर्षदेखि सोही मन्त्रालयको सचिव रहेकी सरिता दुवाडी र डिजी महेश्वर श्रेष्ठले गरेको कर्मचारी सरुवाको विवादमा परेको छ । हालैमात्र उपसचिवस्तरका ८७ कर्मचारीहरुको सरुवा गर्दा पक्षपातपूर्ण रुपमा कर्मचारी सरुवा गरिएका,पारदर्शी नभएको र आर्थिक चलखेलका आधारमा कर्मचारी सरुवा गरिएको आवाज कर्मचारी वृत्तबाटै उठिरहेको छ ।
बिज्ञापन
मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवलाई विभागअन्तर्गतका विभिन्न आयोजना, कार्यालय तथा निकायमा जिम्मेवारी तोक्दै सरुवा गर्दा समान मापदण्ड र पारदर्शिता नअपनाइएको कर्मचारीहरुले गुनासो पोख्न थालेका छन् । कतिसम्म भने,गत बर्ष भदौं जेनजी आन्दोलनकै दिन उर्जाका सिडिइहरुको ठूलो संख्यामा सरुवा भएको थियो । सो समयमा सिँचाई सचिव दुवाडी विदेश भ्रमणमा रहेको समयमा तत्कालीन उर्जामन्त्री दीपक खड्काले आर्थिक लेनदेनका आधारमा एक हातले पैसा लिने अर्काे हातले सरुवाको पत्र दिने काम गरेका थिए पछि सो सरुवाको बिषयमा चौतर्फी आलोचना भए पछि सचिव दुवाडीले सो सरुवा वदर गरेकी थिइन् तर अहिले यस अघि जुन जुन ठाउँमा पठाउन खोजिएको थियो तिनै कर्मचारीहरुलाई तत निकायमा खटाइएको थियो ।
बिज्ञापन
सरुवा गरिँदा मन्त्रालयमा झिरेका पाँच महिना नहुँदै केहीले सिडिइ महत्वपूर्ण जिम्मेवारी पाएका छन् भने भने केहीलाई दुई बर्षदेखि एउटै कार्यालयबाट चलाइएको छैन । मसिर १३, २०८० मा बसेको मन्त्रीपरिषद् बैठकले तत्कालिन सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेर ०८० चैतदेखि उनी हालसम्म सिँचाई सचिवका रुपमा कार्यरत छिन् । प्रचण्ड सरकारको समयमा सचिव बनेकी उनले यो अवधिमा शक्ति बहादुर बस्नेत, दीपक खड्का, कुलमान घिसिङ्ग, अनिलकुमार सिन्हादेखि विराजभक्त श्रेष्ठ संग काम गरिरहेकी छिन् ।
उनै सचिव र डिजी श्रेष्ठहरुको जोडबलमा हालैमात्र विभागले ८७ जना उपसचिवस्तरका सिडिईहरुको सरुवा गरेको थियो । सरुवा पारदर्शित नभएको आवाज मन्त्रालय र मातहतका सिडिइहरुले उठाइरहेका छन् । केही आयोजना प्रमुखहरुलाई बर्षाैसम्म नचलाइएको त केहीलाई तीन महिनामै सरुवा गरिएको,केही मन्त्रालयमा पुगेको तीन महिना नपुग्दै आयोजना प्रमुखको जिम्मेवारी दिइएको बिषय आलोचित बनेको छ ।
सरुवाको सूची अनुसार,ईश्वरी प्रसाद तिवारीलाई जलश्रोत तथा सिचाई विभाग आयोजना पुलबाट जल उत्पन्न प्रविधि नियन्त्रण परियोजनामा खटाइएको छ । यस्तै श्रीप्रसाद साहलाई जलश्रोत तथा सिँचाई आयोजना पुलबाट सिँचाई तथा जननश्रोत आयोजना,विराटनगर मोरङमा ख टाइएको छ । उनी लामो समयदेखि महत्वपूर्ण आयोजना
को नेतृत्वमा रहेका उपसचिव अर्थात सियिइ हुन । यस अघि तीन वर्षसम्म कञ्चनपुरमा कार्यालय प्रमुख चलाएक उनलाई सर्लाही,डडेल्धुरा हुँदै मन्त्रालयमा तानिएका उनी पाँच महिना नपुग्दै पुनः सिंचाईं तथा जलस्रोत व्यवस्थापन आयोजनाको मोरङ कार्यालय प्रमुख बनाइएको हो । यस्तै सरुवाको सूचीको १६ नम्बरमा मनोरञ्जनकुमार सिंहलाई सिँचाई तथा जलश्रोत व्यवस्थापन आयोजना झापा खटाइएको छ । उनी पनि विगत लामो समयदेखि विभिन्न कार्यालयमा प्रमुखकै जिम्मेवारीमा रहँदै आएका कर्मचारी हुन । झण्डै चार वर्षदेखि आयोजनाको प्रमुख चलाएका उनी त्यस अघि महाकाली सिंचाईंमा रहेका थिए ।
बिज्ञापन
यस्तै शम्भु पण्डितलाई बृहत दाङ सिँचाई उपत्याका सिँचाई आयोजना तुल्सीपुर दाङमा खटाइएको छ । उनी यस अघि बुटवल तथा महाकाली सिंचाईं आयोजनाका प्रमुख चलाइसकेका उपसचिव हुन । यस्तै निश्चल छत्कुलीलाई सिँचाई तथा जलश्रोत व्यवस्थापन आयोजना दाङमा खटाइएको छ । यस्का अलवा टोपबहादुर खत्रीलाई भेरी करिडोर सिँचाई तथा व्यवस्थापन आयोजनमामा खटाइएको छ । उनी विभागका आकर्षक मानिने आयोजनामा प्रमुखको जिम्मेवारीमा पाइरहने सिडिइ हुन ।
यसरी सरुवा गरिँदा कुनै स्पष्ट कार्यविधि, समान मापदण्ड नअपनाइ अपारदर्शी रुपमा कर्मचारी सरुवा गरिएको,केही सिडिइको हकमा तीन बर्षसम्म एउटै आयोजनाबाट नचलाइएको,केहीलाई एउटा आयोजनाबाट सरुवा भएर मन्त्रालय आएको तीन चार महिना नपुग्दै पुन अर्काे महत्वपूर्ण कार्यालय प्रमुख बनाएर पठाइएको हुँदा कर्मचारी सरुवामा व्यापक चलखेल भएको कर्मचारीहरुले असन्तृष्टि जनाएका छन् । यो सरुवालाई लिएर सचिव दुवाडी महानिर्देशक श्रेष्ठको भूमिकामाथि प्रश्न उठ्न थालेको छ ।



























