६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक इञ्जिनियर र एक विचौलियालाई घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्कीसहित दुईजना घुससहित नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

आयोगको टोलीले सेवाग्राहीसँग ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर कार्की र रकम लिइ मध्यस्थताको काम गर्ने आस्मा कार्कीलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

दिपाले स्ट्रक्चर एनालाइसिसको काम स्वीकृत गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । स्टक्चर एनालाइसिसको काम स्वीकृत गरेवाफत बार्गेनिङ गर्दै पटक रपटक दु ख दिइ सेवाग्राहीसँग घुस मागेको उनीहरूमाथि आरोप छ।

सोही उजुरीका आधारमा हिजो अख्तियारको टंगालबाट खटिएको टोलीले उनीसहित मध्यस्थको काम गर्ने आस्मा कार्कीलाई पनि नगरपालिकाको कार्यालयबाट नियन्त्रणमा लिएको हो । विशेष अदालतबाट घुस रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भइ अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष