एक उपसचिव सरुवा गर्न ५३ लाखको डिल,विवादमा मुछिए ओली सरकारका दुई मन्त्री

ओली सरकारका दुई जना मन्त्री घुस डिल प्रकरणमा मुछिएका छन् । एक जना उपसचिवको सरुवा प्रकरणमा केपी ओली क्याविनेटका दुई मन्त्री घुस डिलमा मुछिएका हुन । हालै अख्तियारमा पुगेको एउटा अडियोसहितको उजुरीमा एक जना मामुली उपसचिव परिवर्तन गर्न मन्त्रीलाई आधा करोड घुसको डिल गरेका छन्,विचौलियाले ।

बिज्ञापन

मालपोतको प्रमुखमा आफू अनुकुलका कर्मचारी लैजान आधा करोड घुसको प्रलोभन मन्त्रीलाई देखाउने विचौलिया हुन – सुजन लामा । उनी पोखरा,कास्कीतिरकै हुन,भूमि व्यवस्था मन्त्रालयका चर्चित विचौलिया रुपमा चिनिएका प्रमोद खड्काको चेलोको रुपमा परिचित । यसरी घुस रकमको प्रलोभन चाहिँ मन्त्री राजकुमार गुप्तालाई दिइएको हो । तत्कालीन मन्त्री रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री हुँदा भूमि मन्त्रालयको काममा जोडिएका उनै लामाले हो कास्कीको मालपोतको प्रमुख परिवर्तन गर्न आधा करोड बोकेर मन्त्रीको पछि–पछि लागिरहेको । लामाले आफू अनुकुलको कर्मचारी लैजानका लागि बहालवाला सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तादेखि पूर्व भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठसम्म प्रयोग गरे तर ‘दाल नगले’पछि मन्त्री गुप्तालाई आधा करोडको घुसको प्रलोभन देखाएका छन्,अडियो ।

बिज्ञापन

प्राप्त अडियोमा बिचौलियाले मन्त्री गुप्तालाई आग्रह गर्दै भन्छन्, ‘सुन्नु न मन्त्रीज्यू, त्यो बलराम (भूमि व्यवस्थामन्त्री बलराम अधिकारी)लाई भनम् न । बरु, त्यो २० म बुझाइदिउँला के खेम (खेमबहादुर पुन)का लागि भोलि । फर्स्ट आवरमै बुझाइदिन्छु त्यो पनि । भन्दिनु त बलरामलाई ।’ विचौलियाले पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि यो प्रस्ताव गरिएको बुझिन्छ । र सो वापत आफू २० लाख लगानी गर्न तयार रहेको अडियो सुन्दा बुझिन्छ ।

जबाफमा मन्त्री अधिकारीले पैसा (घुस) खाइसकेको दाबी गरेका छन् मन्त्री गुप्ताले । जवाफमा मन्त्री गुप्ता भन्छन्, ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले (काम) गर्दैन ।’

बिज्ञापन

यसरी आफू अनुकुलका कर्मचारी र भूमि आयोग अध्यक्ष ल्याउन मन्त्रीसँग ७८ लाखको डिल गरेको छन्,विचौलियाले् । त्यही आफू अनुकुलको उपसचिव लैजान ५३ लाख डिल गरिएको अडियो सहितको उजुरी समेत अख्तियारमा पुगेको छ । भाट,राणा,शाहहुँदै थकालीहरुको नाममा कास्कीको बाटुलेचौरमा फैलिएको छ, १३५ रोपनी क्षेत्रफलमा फैलिएको लिचि बगैचा । सोही जग्गा हत्याउने योजना अनुरुप विचौलियाले आफ्नो स्वार्थ अनुरुप पूर्व मन्त्री रञ्जिता श्रेष्ठलाई प्रयोग गरिरहेका थिए,उनी भूमि मन्त्री हुँदै रञ्जिता मन्त्रीबाट हटेपछि बलराम अधिकारी मन्त्रीको रुपमा कार्यरत छन् । सोही जग्गामा आँखा गाढेको यो समूहले रञ्जितामार्फत प्रयास गरे,सफल भएनन् ।

अहिले मालपोतको प्रमुख परिवर्तन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्तामार्फत प्रयास गरिरहेका छन् । रञ्जिताले यही बिषयमा पाँच पटक मन्त्री गुप्तालाई भेटिन पनि तर तार नलागेपछि अहिले आफू अनुकुलको भूमि आयोगको अध्यक्ष र उपसचिव लैजान विचौलियाहरुले मन्त्रीसँग आधा करोडको डिल गरेका हुन । कुरा मिलेपछि मन्त्री गुप्ताले विचौलियालाई लस्सी, माछा हुँदै रक्सी खान अफर गर्दछन् तर विचौलियाले आफूले रक्सी नछुने,काम भएपछि आफैंले मन्त्रीलाई रक्सी खुवाउने जबाफ फर्काएको सुनिन्छ । गत साता अख्तियारमा मन्त्री गुप्ताले एक विचौलियासँग ५३ लाख रुपैयाँ घुस डिल गरेको अडियोसहितको उजुरी टंगालमा दर्ता भएको छ ।
कास्की मालपोतको प्रमुख छन्,चिरञ्जिवी पौडेल । उनलाई हटाएर त्यहाँ पूरानै हाकिम लैजान र सो जग्गा हत्याउन प्रयासरत छन्,विचौलियाको समूह । यो बिषयमा कर्मचारी प्रेसले यस अघि फागुनमा समाचार प्रकाशन गरिसकेको छ ।

क्यान्सर रोगी श्रीमतीको उपचार र रेखदेख गर्नुपर्ने भएको कारण घर पायक सरुवा मागेर कास्की मालपोतमा कार्यालय प्रमुख भएर गएका हुन्,पौडेल । उनी त्यहाँ माघदेखि हाजिर भएका हुन तर उनीमार्फत काम फत्ये नहुने भए पनि पाँच महिना नपुग्दै त्यहाँबाट नझिकी भएको छैन,विचौलियाको समूहलाई । ०५६ सालका १ नम्बरका अधिकृत हुन,पौडेल । जागिरे जीवनको १३ बर्ष दमौली,लमजुङ्ग,स्याङ्गजा मालपोतमै बिताएका वेदागी कर्मचारीका रुपमा चिनिएका पौडेलभन्दा पनि तीन बर्ष जुनियर (५९ का शाखा अधिकृत) हुन, गोकर्णमणि दुवाडी । दुवाडी भूमि मन्त्रालयको सचिव हुँदा एक दिनमै त्यहाँबाट सरुवामा परे अर्थात उपसचिवको सरुवा गर्दा गोकर्णको कुर्सी हल्लियो र लमजुङ्ग खटाइएको थियो । कास्कीमा दुई बर्षभन्दा बढी समय बिताएका रामचन्द्र अधिकारीलाई लमजुङ्ग पठाएर पौडेललाई कास्की सरुवा गरिएको थियो गत असोज ६ गते । अवधि नपुगी सरुवा गरिएको भन्दै रामचन्द्र अदालत पुगे । अदालतले उनको माग अनुसार स्टे अर्डर नदिएपछि त्यहाँ गत पुस २६ देखि हाजिर भएका हुन चिरञ्जिवी । तर पाँच महिना नबित्दै उनको सरुवा गर्न विचौलियाको समूह लागि परेको छ । सो समूहले आफू अनुकुलको उपसचिव रामचन्द्र अधिकारीलाई लैजान बल गरिरहेको भूमि मन्त्रालय तथा सामान्य प्रशासन मन्त्रालयका स्रोतहरुले पृष्टि गरेका छन् ।

मन्त्रीको घुस काण्डको अडियो लिक

भूमि मन्त्रालय कस्ले चलाउँछ ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भवन विभागमा ‘कन्सल्टेन्स माफिया’को बोलबाला : प्रगतिमा गिरावट, डीजीको कमिसनमा वृद्धि

पत्रकारिता पृष्टभूमिबाट राजीतिक नियुक्ति,पदमा पुगेपछि विवादै विवाद

कालिकालाई सर्वोत्कृष्ट अवार्ड

एक उपसचिव सरुवा गर्न ५३ लाखको डिल,विवादमा मुछिए ओली सरकारका दुई मन्त्री

भक्तपुर मालपोतमा ‘डम्बर कार्की साम्राज्य’: डेढ करोडको डिलदेखि अधिकृत सरुवा धन्दा

कर्मचारीलाई विश्वास गर्दा मुलुक विग्रियो रे ?

१०८ कर्मचारीहरूको सरुवा

सेवा होइन, सास्ती दिने कार्यालय:-अनियमितताको दलदलमा कम्पनी रजिस्ट्रार

बिशेष