एउटा यस्ता कर्मचारी,जहाँ र जुन कार्यालय वा निकायमा बस्छन्,त्यही भ्रष्टाचार र अनियमिततामा मुछिन्छन् । सर्वसाधरणदेखि सेवाग्राहीसँग लफडामा पर्दछन् । उनका बदमासीविरुद्ध सर्वसाधरणहरु नै जिल्ला प्रशासन,प्रहरी कार्यालय,विभागीय मन्त्रालय,अख्तियारदेखि अदालतसम्म पुग्दछन्,खोज्ने हो भने ती निकायमा उजुरीका चाङ्ग छन् ।
बिज्ञापन
कर्मचारी प्रेसले उनीविरुद्ध विभिन्न नियामक निकायमा परेका उजुरी,छानबिन,कारवाही लगायतका कागजातहरु केलाउँदा केही उजुरीहरु खोतल्दै जाँदा यस्तै बदमासी र वदनियका कारण पटक पटक ग्रेड रोक्कादेखि निलम्बनसम्म परेको भेटिएको छ । यी र यस्ता जब्बर कर्मचारी हुन अणनाथ बराल । राजनीतिक शक्तिकेन्द्रलाई मियो बनाएर वरिपरि परिक्रमा लगाउँदै लाभका पदमा पुग्दै आएका वराल केही अघिसम्म रसुवास्थित लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जको वार्डेनका रुपमा कार्यरत थिए । उनले सेवाग्राहीसँग सिधै ९५ हजार घुस मागेको बिषय बाहिरियो ।
बिज्ञापन
दुई किस्ता गरेर सेवाग्राहीसँग ९५ हजार घुस लिएर पनि काम नगरेको भन्दै पीडितहरुले जिल्ला प्रहरीदेखि प्रशासन कार्यालयमा उजुरी दिएका थिए । पहिलो किस्सा ४० हजार र दोश्रो किस्तामा ४५ हजार घुस लिएर समेत काम नगरिदिएको र उक्त रकमको रसिद समेत नदिएर झुलाएको भन्दै सेवाग्राहीले लाङटाङ राष्ट्रिय निकुञ्जका तत्कालीन वार्डेनविरुद्ध उजुरी गरेका थिए प्रहरीदेखि प्रशासनसम्म ।
रसुवा जिल्ला कालिका गाउँपालिका वडा २ मा बसोबास गर्दै आएकी दाम्ची ग्याल्मो घलेनीले नौकुण्ड गाउँपालिका २ युवास्थित दक्षिण ग्रेको तेल उत्पादन गर्नका निम्ति सामुदायिक वन उपभोक्ता समिति गठन गरी लारानीबाट दक्षीण ग्रेमा तेल उत्पादन गर्ने मेसिन राख्नका लागि अनुमति माग गर्दा उक्त कार्यालयका हाकिम वराल र अन्य केही कर्मचारीले अनुमतिका लागि भन्दै ९५ हजार बुझिलिएको तर रकम बुझाएको रसिद माग्दा गालीगलौच,अपशब्द बोलेर,हातपात गरेको,मोवाइल खोसेर फुटाइदिएको भन्दै प्रहरीदेखि प्रशासनसम्म उजुरी दिएका थिए । पीडितका पक्षवाट वकालत गरिरहेकी अधिवक्ताका अनुसार,पीडितहरुले बराललाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ अन्र्तगत दफा ११८ बमोजिम अभद्र व्यवहार गर्न नहुने कसुरमा कारवाहीका साथैं उनले लिएको ९५ हजार रकम र फुटेको मोवाइल क्षतीपूर्तिको माग गरिएको थियो ।
बिज्ञापन
यो बिषय जिल्ला प्रशासन कार्यालय रसुवासम्म पुग्यो । त्यतिबेलाका प्रमुख जिल्ला अधिकारीले उदार चित्त देखाएकै कारण घुस प्रकरणमा समेत पीडितहरुसँग मिलापत्र गराइए र भ्रष्टाचार प्रकरणबाट उन्मुक्ति पाएका थिए बरालले । उनी त्यही रहँदा खर्क व्यवस्थापनका नाममा अनियमितता गरेको उजुरी अख्तियारसम्म पुगेको थियो । यस्का अलवा लारानी क्षेत्रभित्रै पर्ने त्रिशुली थ्री बी जलविद्युत परियोजनासँग कानुन अनुसार जरिवाना र विगो गरी ४७ लाख विगो उठाउनुपर्नेमा जम्मा २० लाखमात्र लिएर उन्मुक्ति दिएको बिषयमा समेत अहिले अख्तियारले अनुसन्धान गरिरहेको छ ।
यस्तो विवादै विवादमा मुछिएका उनलाई गत साउनमा कोशी टप्पु बन्यजन्तु आरक्षमा खटाइएको थियो तर उनी त्यहाँ गएनन् । वन मन्त्रालयका कर्मचारीहरुका अनुसार,यस अघि अर्ना भैसीवाला लफडामा परेर उनी त्यहाँका स्थानीयहरुबाट खेदिएका कारण सो स्थानमा जान मानेनन् ।केही समय अगाडि विभागमा तानिएका उनी हालैमात्र राष्ट्रपति चुरे वुटवलमा पुगेका छन् ।
उसो त बराल जहाँ बस्यो त्यही भ्रष्टाचार र अनियमिततामा मुछिएका कर्मचारी हुन । यस अघि उनी चितवन राष्ट्रिय निकुञ्जको सहायक वार्डेनका रुपमा कार्यरत थिए । सोही समयमा खाग तस्करीको घटना बाहिरिएको थियो । वरालले गैडाको खाग तस्करी गर्ने भन्दै चिनिँया नागरिकलाई गैरकानुनी रुपमा जिम्मा लिएको बिषयमा अख्तियारसम्म उजुरी परेपछि उनी केही समय निलम्बनमा मात्र परेनन्,ग्रेड रोक्का समेत भएका कर्मचारी हुन ।
जस्को निलम्बनको निर्णय सर्वाेच्च अदालतबाट तिन दिनमै उल्टाउन सफल भएको प्रमाण कर्मचारी प्रेसले भेटेको छ । यो यही मुलुक हो,जहाँ सर्वसाधरणले न्याय पाउन एक दशक कुर्नुपर्दछ तर बरालजस्ता जब्बर कर्मचारीको हकमा अदालतले फाष्ट ट्रयाकबाटै तीन दिनमै निलम्बन फुकुवाको निर्णय गरिदिन्छ ।
एउटा कर्मचारी जो सँग प्रहरी,प्रशासन,अदालत सबैलाई चलाउन सक्ने खुबी र हुति छ । त्यस्ता कर्मचारीलाई के को डर,कस्को त्रास ?