निजामती विद्येयकको दफा ४३ हटाउन ‘स्वार्थ समूह’को चलखेल : १५ असार अगाडि प्रस्तुत हुनेछैन प्रतिनिधि सभामा

उच्च प्रशासकको स्वार्थ विपरित २ बर्ष कुलिङ पिरियडको प्रावधान राखिएपछि सो विद्येयक प्रतिनिधि सभाबाट पारित हुने मिति सार्ने सिलसिला जारी छ । यस अघि गत असार १ गते राप्रपाको विरोध र रास्वपाको वेल घेराउकै बीच प्रतिनिधि सभामा पेश गरिएको थियो सो विद्येयक । २ जेठमा राज्यव्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भई महिना दिन पछाडि प्रतिनिधि सभामा पेस भएको उक्त विद्येयक मंगलबार पारित गर्ने कार्यसूचीमा थियो तर, निजामती विधेयकमा रहेको २ वर्षे कुलिङ पिरियडले संसद बैठक नै बन्धक बन्न पुग्यो ।

बिज्ञापन

मंगलबारबाट समय सारेर एकै पटक संसद बैठक भोलि बिहिबार बस्दैछ । अब भोलिको कार्यसूचीमा संघीय निजामती सेवा विद्येयकका कुनै बिषयबस्तु छैनन् । भोलिमात्र होइन अब कम्तिमा १० दिनसम्म संसदमा निजामती सेवा विद्येयक प्रस्तुत हुनेछैन् । संघीय संसद सचिवालयका अनुसार अब १५ असार अगाडि यो विद्येयक प्रतिनिधि सभाबाट पारित हुने छाँटकाँट छैन ।

बिज्ञापन

विद्येयकमा अवकाशप्राप्त निजामती कर्मचारीलाई अन्यत्र नियुक्ति लिन नपाइने व्यवस्था गर्दै दुई वर्षको कुलिङ पिरियडको प्रावधानप्रति उच्च प्रशासकहरु बेखुस छन् । सोही कारण प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य प्रशासनमन्त्रीलाई हकारेको छन्,अस्ति । राती क्याबिनेटअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बोलाएर हप्काएपछि विधेयक पुनः बेवारिस हुन पुगेको हो । कुलिङ पिरियडबारे प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवासमेत खुशी नरहेको अवस्थामा आएको विधेयक हिजोदेखि एकाएक पारित हुने अवस्थाबाट पछाडि धकेलिएको हो । ‘रामहरि खतिवडाको लहडबाजीमा हिँडेर प्रशासन चल्छ ?’ प्रधानमन्त्री निकट स्रोतका अनुसार विद्येयकमा दुई वर्ष कुलिङ पिरियड किन,कहाँबाट र कसका लागि राखियो भन्दै प्रधानमन्त्रीले प्रश्न गरेका थिए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसँग ।

यसरी हिजोको संसद बैठक स्थगित हुनुमा निजामती विधेयक मूल कारण रहेको संसद सचिवालयमा कार्यरत कर्मचारीहरु बताउँछन् । विद्येयकमा रहेको कुलिङ पिरियडको बिषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको थियो । मन्त्रिपरिषद् बैठकमा छलफल हुनु र पास गर्ने कार्यसूची रहेको संसद बैठक स्थगित हुनुमा ठूलै राजनीतिक चलखेलको गन्ध देख्छन्,प्रशासकहरु ।

बिज्ञापन


संघीय निजामती सेवा विद्येयकको दफा ४३ मा अवकाश लगतै हातहातै संवैद्यानिक निकायमा लैजान नमिल्ने र त्यस्ता पदमा जागिर खान थप दुई बर्ष कुनुपर्ने प्रावधान हालिएको छ । सोही दफा हटाउने वा संशोधन गर्ने तयारी स्वरुप विद्येयक रोकिदै आएको छ । सचिवालय स्रोतका अनुसार ५, ६, ७, ८, ९, १० र १४ गते बस्दैछ तर साता दिनको कार्यसूचीभित्र निजामती विद्येयक पारित गर्ने कार्यसूची छैन । त्यही कारण १५ असार अगाडि निजामती विद्येयक प्रतिनिधि सभाबाट पारित हुने सम्भवना नरहेको संसद सचिवालयका कर्मचारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छा,उच्च प्रशासकहरुको तिव्र लविइङपछि संघीय निजामती सेवा विधेयक अब प्रतिनिधि सभाबाट कम्तिमा दुई साता अघि पारित हुनेछैन ।

कुलिङ पिरियड हटाउन ‘स्वार्थ समूह’को चलखेल,निजामती विद्येयक फेरि अलपत्र

५२ भाइ नियुक्ति मुद्धाको फैसला पर्खिरहेको संघीय निजामती सेवा विद्येयक

कर्मचारीकै स्वार्थले संघीय निजामती सेवा ऐन अलपत्र: पूर्व लोकसेवा अध्यक्ष मैनाली

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बजेट लेखन टिमले पायो पूर्णता,पाण्डेय र लम्साल नियुक्त

सूर्यविनायकमै कर सेवा विस्तार: अब प्यानदेखि भ्याटसम्म नगरपालिकाबाटै सुविधा

बिशेष