निजामतीमा ३०- ५५ तत्काल कार्यन्वयन नहुने,अध्यादेशको च्याप्टर क्लोज

सघीय निजामती सेवा अध्यादेशबाट जारी नहुने भएको छ । निजामती विधेयक संसदमा दर्ता भइसकेको उल्लेख गर्दै अब अध्यादेशका रूपमा नआउने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल स्पष्ट पारेकी छिन् । मन्त्री रावलले संसद्को आगामी अधिवेशनमा विधेयकमाथि छलफल अघि बढ्ने र अन्य कानुनसरह नियमित प्रक्रियाबाट ऐन बनाउने बताएकी छिन् । सरकारले असोज १६ गते संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता गराएको छ । अब विधेयकको अन्तिम स्वरूप संसदमा हुने छलफल र पारित हुने प्रावधानले निर्धारण गर्ने जनाइएको छ । त्य

बिज्ञापन

यसअघिसम्म कर्मचारी वृत्तमा निजामती अध्यादेशबाट आउने त्रास र ३० र ५५ को प्रावधानका कारण चार सचिव,३१ सहसचिव सहित ६ सय बढी कर्मचारीले राजीनामासमेत दिइसकेका छन्। निजामती विधेयकमा ३० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरूलाई पनि पेन्सन दिन सेवावधिमा ३० वर्ष मात्रै कायम गर्ने व्यवस्था गरिएको छ। यसबाट ३० वर्षभन्दा बढी काम गरेका कर्मचारीहरूले धमाधम राजीनामा दिएका थिए । विद्येयकमा समावेश ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा भएपछि अनिवार्य अवकाश दिने प्रस्तावले कर्मचारीहरूमा आफ्नो जागिर र निवृत्तिभरणको भविष्यबारे चिन्ता बढाएको छ । विधेयकको दफा ५७ मा ५५ वर्ष उमेर पूरा भएको वा सेवा अवधि ३० वर्ष पूरा भएको निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको छ । हाल निजामती सेवामा रहेका कर्मचारी ५८ वर्ष उमेर पूरा भएपछि अवकाश पाउँदै आएका छन् । नियमित रूपमा हुने अनिवार्य अवकाशको उमेर ५८ लाई बढाएर ६० वर्ष पुर्‍याउने प्रस्ताव गरिएको छ । तर, नयाँ ऐन प्रारम्भ हुँदाका बखत एकपटकलाई ५५ वर्ष पूरा उमेर भएको वा सेवा अवधि ३० वर्ष पूरा भएको कर्मचारीले अवकाश पाउने प्रावधान विधेयकमा रहेको छ । यस्तै राजपत्रांकित विशिष्ट श्रेणीअन्तर्गत अधिकृत चौधौं तह मुख्य सचिवको पदावधि दुई वर्ष र अधिकृत तेह्रौं तह सचिवको पदावधि तीन वर्षको हुने प्रस्ताव विधेयकमा गरिएको छ ।

बिज्ञापन

उसो त नयाँ सरकार बने लगतै पेन्सन सुविधा,३० र ५५ को प्रावधान आउने चर्चा र परिचर्चाका बीच ६१४ कर्मचारीले राजीनामा दिएका छन् । जसमा सचिव तहका चार,सहसचिव तहका ३१ जना छन्। त्यस्तै, १०८ उपसचिव,शाखा अधिकृत तहका १२६, राजपत्र अनङ्कित १८२ र श्रेणीविहीन १६३ कर्मचारीले राजीनामा दिएका छन् । यही प्रावधानका कारण दशैंको भत्ता बुझेर उच्च प्रशासकहरुले राजीनामा दिने मानसिकतामा पुगेको चर्चा सुनिँदै आएको छ। विधेयकमा यसपटक निजामती सेवामा छड्के प्रवेशको प्रावधान ल्याइएको छ । सरकारले दशैंको मुखमा अध्यादेशबाट निजामती सेवा ऐन जारी गर्ने वा केही नेपाल ऐन संशोधन गरेर ३० र ५५ को प्रावधान लागू गर्ने चर्चा र परिचर्चाकाका कि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती अध्यादेशको अध्याय अन्त्य भएको र आगामी हिँउदे अधिवेशनमा निजामती विधेयक टेबुल हुने, निजामती विधेयक संसद्मा दर्ता भइसकेको कारण अध्यादेशका रूपमा नआउने प्रस्ट पारिन्।

‘निजामती विधेयकलाई अध्यादेशका रूपमा ल्याउदा अहिले बाहलरतमध्ये करिब ९० प्रतिशत सचिवहरु घर जानेछन् । यो ५५–३० को प्रावधान लागु गर्दा वर्तमान मुख्यसचिव गोविन्द कार्की समेत घर जानेछन् भने डेढ दर्जन सचिवमात्र यो प्रावधानले छुने छैन । प्रधानमन्त्री बालेन्द्र शाह वर्तमान मुख्यसचिव कार्कीलाई तत्काल अवकाशमा पठाउने पक्षमा नरहेको, कम्तीमा छ महिना काम गर्ने अवसर दिन चाहेको कारण अहिले अध्यादेशको च्याप्टर क्लोज भएको बताइएको छ । संसदबाटै संघीय निजामती सेवा ऐन आउनका लागि कम्तिमा वैशाख लाग्ने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

बिशेष