सरकारी निर्णय छरितो बनाउन नयाँ नियमावली : ढिलासुस्ती गर्ने कर्मचारीलाई विभागीय कारबाही

सरकारले सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र झन्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्दै निर्णय प्रक्रियालाई छिटोछरितो र प्रविधिमैत्री बनाउन भन्दै नियमावली जारी गरेको छ । जसमा मन्त्री वा सचिवको तहबाट हुनुपर्ने महत्त्वपूर्ण प्रशासकीय निर्णय फाइल प्राप्त भएकै दिन वा त्यसको भोलिपल्टसम्म गरिसक्नुपर्ने नियम बनाएको छ ।

बिज्ञापन

सरकारले सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ जारी गर्दै सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र झन्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्दै निर्णय प्रक्रियालाई छिटोछरितो र प्रविधिमैत्री बनाउन भन्दै नियमावली जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

बिज्ञापन

मन्त्रिपरिषद्ले ‘प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३’ को अधिकार प्रयोग गरी जारी गरेको यो नियमावली राजपत्रमा प्रकाशन भएको नियमावली लागू भइसकेको छ । यो नियमावली कार्यान्वयनमा आएपछि यसअघि कायम रहेको ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५’ खारेज गरिएको छ । सो नियमावलीमा कुन तहका पदाधिकारीले कति समयभित्र निर्णय दिइसक्नुपर्ने भन्ने समयसीमा तोकिएको छ ।

नियमावलीमा उल्लेख भएअनुसार फाइल कुन अवस्थामा छ भन्ने स्पष्ट देखिने गरी फाइलको व्यवस्थापन गर्नुपर्नेछ । निर्णय प्रक्रिया र सेवा प्रवाहमा डिजिटल प्रणालीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने भनिएको छ । निर्णय प्रक्रियाको प्राथमिक माध्यमका रूपमा डिजिटल प्रणाली अवलम्बन गर्नुपर्ने नियमावलीमा उल्लेख छ । सेवाग्राहीले दर्ता नम्बरमार्फत आफ्नो फाइल कुन टेबलमा छ र के अवस्थामा छ भन्ने जानकारी अनलाइन, मोबाइल एप वा एसएमएसमार्फत हेर्न सक्नेछन् ।अनलाइनमार्फत परेको गुनासो १ घण्टाभित्र दर्ता भएको जानकारी दिइनेछ, २४ घण्टाभित्र अधिकारी तोकिनेछ र एक हप्ताभित्र गुनासोको अनिवार्य समाधान वा सम्बोधन गर्नुपर्नेछ ।

बिज्ञापन

प्रचलित कानुनबमोजिम मन्त्रीस्तरबाट गरिने नीतिगत विषयको निर्णय गर्दा टिप्पणीको तह तीनभन्दा बढी नहुने भनिएको छ । जहाँ सरकारी निर्णयको तह घटाउने, निर्णयका लागि कडा समयसीमा तोक्ने, छ महिनाभित्र सरकारी कामलाई पूर्ण डिजिटल बनाउने तथा निर्णयमा ढिलाइ गर्ने कर्मचारीलाई विभागीय कारबाही गर्नेसम्मका कडा प्रावधानहरू ल्याएको छ ।
नियमावली अनुसार, प्राथमिकता पाएका पत्र सोही दिन वा २ दिनभित्र, ‘अति जरुरी’ २ दिन, ‘जरुरी’ ३ दिन र ‘साधारण’ पत्र ५ दिनभित्र फर्छ्यौट गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

जहाँ मन्त्री वा सचिवभन्दा मुनिका अधिकारीबाट हुने नियमित प्रकृतिको प्रशासनिक निर्णयमा टिप्पणी दुई तहको मात्र हुनुपर्ने व्यवस्था गरिएको छ । सम्बन्धित अधिकारीले सेवाग्राहीबाट प्राप्त निवेदनउपर त्यही दिन वा लगत्तै अर्को दिनभित्र निर्णय दिनुपर्नेछ । समयभित्र निर्णय दिन नसकिए कारण खोली एक तहमाथिको अधिकारीसमक्ष पेस गर्नुपर्ने प्रावधान नियमावलीमा छ । सम्बन्धित अधिकारीले कुनै सेवाग्राहीको फाइल फिर्ता गर्दा स्पष्ट कारण खुलाई लिखित पत्रसहित फिर्ता गर्नुपर्नेछ ।

यस्तै कुनै विषयमा अर्को निकायको राय मागिएको भए सम्बन्धित निकायले बढीमा ३ दिनभित्र राय दिनुपर्ने,वित्तीय स्वीकृतिको हकमा बढीमा ५ दिनमा राय दिनुपर्ने,मन्त्रालयभित्रका विभिन्न महाशाखाको राय लिनुपरेमा सचिवले सोही दिन बैठक राखी निर्णय गराउनुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ । कुनै कर्मचारीले तोकिएको समयसीमा नाघेमा प्रणालीले चेतावनी दिनेछ र २४ घण्टाभित्र कारबाही नभए फाइल स्वतः माथिल्लो तहको अधिकारीको स्क्रिनमा पुग्नेछ । निर्णय नगरी फाइल अड्काउने कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनमा नम्बर काटिनेछ । वर्षमा ३ पटकभन्दा बढी ढिलाइ गरेको वा नियम उल्लङ्घन गरेको पाइएमा सम्बन्धित कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिनेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष