खोजेको र रोजेकै कार्यालयमा सरुवा हुँदा समेत एक कर्मचारी नेतृत्वमाथि खनिएको पाइएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत नापी विभागले गत शुक्रवार १०३ जना अधिकृत, ४९८ जना सर्वेक्षक र २५६ जना अमीन गर्दा कोही कर्मचारीलाई बर्षाैदेखि दुर्गममा सडाइएको,केहीलाई सुगमबाट सुगममा घुमाइएकोमा कर्मचारीहरुले तीतो पोखेका छन् । सरुवा व्यवस्थापन प्रणालीबाट कर्मचारी सरुवा गरिएको भनिए पनि मापदण्डअनुसार कर्मचारी सरुवा नगरिएको,कसैलाई सुगमबाट सुगम त कसैलाई दुर्गमबाट दुर्गमा खटाइएको भन्दै कर्मचारीहरुले सामाजिक सञ्जालबाटै आक्रोश पोख्ने क्रम जारी छ । सरुवा नभएका,दुर्गमबाट दुर्गममा घुमाइएका कर्मचारीहरुको आक्रोश जायज मान्न सकिएला तर खोजेकै र रोजेकै कार्यालयमा सरुवा पाउँदा समेत एक अमिनले कार्यालय प्रमुखमाथि बिष वमन गरिरहेको पाइएको छ ।
बिज्ञापन
यस्तै मध्येका एक हुन अमिन भिम बहादुर डाँगी । उनी मुगुमा चार बर्षदेखि कार्यरत छन् । डाँगी २०७८ चैत ३० गतेको नापी विभागको पत्रअनुसार मुगुमा कामकाजका लागि खटिएका थिए । अनलाइन सरुवा प्रणालीबाट आवेदन दिँदै उनले गत भदौं २५ मा सरुवा आवेदन पेश गर्दै प्रथामिकताका आधारमा पाँच कार्यालय छनौंट गरेका थिए । जसमा पहिलो नम्बरमा रामतडी,कोहलपुर,सुर्खेत,लेखनाथ र उपत्यकाभित्रका मालपोत कार्यालयहरु माग गरेका थिए । उनले माग गरे अनुसार,नापी विभागले पहिलो रोजाईको कार्यालय रामतडीमा खटायो,विभागले । विभागका अनुसार,डाँगीको दरबन्दी मिलान उनले रोजे र खोजेकै प्रथामिकता अनुसारको पहिलो रोजाईको कार्यालयमा रामतडीमा भइसकेको छ । तर अहिले उनी नापी विभागको नेतृत्वदेखि मन्त्रीसम्मलाई जोडेर सामाजिक सञ्जालबाट बिष बमन गरिरहेका छन् । केही कर्मचारी नेताहरुले उचालेर उनी विभागदेखि मन्त्रालयसम्मलाई बदनाम गर्न अग्रसर रहेको नापी विभागका कर्मचारीहरु बताउँछन् । यस्ता कर्मचारीमाथि निजामती ऐन अनुसार विभागीय कारवाही समेत हुनसक्ने देखिन्छ ।
बिज्ञापन

यद्यपि यो बिषयमा नापी विभागले भने कर्मचारीहरुले मागे र रोजे अनुसार,खाली भएका ठाउँमा कर्मचारीहरु खटाइएको र सरुवामा कुनै आर्थिक चलखेल र अपारदर्शी ढंगबाट नभएको प्रष्टाएको छ ।
बिज्ञापन
*शीर्षक सम्पादन गरिएको





























