अर्थ मन्त्रालयले ठूलो संख्यामा शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले नेपाल प्रशासन सेवा,राजश्व समूहका शाखा अधिकृतहरुको सरुवा गरेको हो ।
अर्थ मन्त्रालयले विभिन्न कर अधिकृत,शाखा अधिकृत,प्रशिक्षक भन्सार अधिकृत गरी ७७ जना कर्मचारीको सरुवा गरेको हो । जसमा अर्थ मन्त्रालय,भन्सार विभाग,विभिन्न आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यालयमा कार्यरत रहेका शाखा अधिकृतहरुको जिम्मेवारी हेरफेर गरिएको हो ।
बिज्ञापन
जस अनुसार,अनिता मगरलाई भन्सार विभागबाट आराका,पथलैयास्थित राजश्व अनुसन्धान विभागबाट अवधेश कुमार यादवलाई आराका अन्तर्गत,मध्यमस्तरीय करदाता कार्यालयबाट इन्दु आत्रेयलाई अर्थ मन्त्रालयमा,उद्धव पौडेललाई अर्थ मन्त्रालयबाट आन्तरिक राजश्व विभागमा पठाइएको छ ।
बिज्ञापन
आन्तरिक राजश्व कार्यालय भैरहवाबाट एरीना दाहाल अर्थमा आएकी छिन् भने त्रिवि भन्सारबाट ओब्जन थापा आराका अन्तर्गत सरुवा भएका छन् ।
अर्थ मन्त्रालयका शाखा अधिकृतहरुको सरुवा





























