सर्भेक्षक र अमिनको सरुवामा उस्तै मनलाग्दी

नापी विभागले नेपाल इन्जिनियरिङ सेवा,सर्भे समूहका नापी अधिकृत र सर्भेक्षक गरी ६०१ जना कर्मचारीहरुको एकै पटक सरुवा गर्दा सो सरुवामा समेत विकृती र बिसंगतीहरु भेटिएको भन्दै कर्मचारीहरुले तीतो पोखेका छन् । विभागले नेपाल इन्जिनियरिङ सेवा,सर्भे समूहका १०३ जना नापी अधिकृतहरुको सरुवा गर्दा पावरफुल कर्मचारीहरुलाई सुगमबाट सुगमकै कार्यालयमा सरुवा गरिएको र सो सरुवामा सेटिङ भएको कर्मचारीहरुको गुनासो रहेको छ ।

बिज्ञापन

यस्तै विभागले नेपाल इन्जिनियरिङ सेवा,सर्भे समूह,राजपत्र अनंकित प्रथम ४९८ जना सर्भेक्षकहरु सरुवामा गरेको छ । अधिकृतझैं सर्भेक्षक र अमिनको सरुवा गरिँदा पनि सुगम देखि सुगममा सरुवा भई लाभ लिने धेरै देखिएका छन् । सर्भेक्षक अर्जुन गुरुङ नापी कार्यालय कास्कीमा २०७३ देखि हालसम्म बस्दै आएका थिए । अस्ति सरुवा हुँदा उनी नापी कार्यालय तनहुँमा पुगेका छन् । यस्तै सर्भेक्षक आयुस के सी रुपन्देहीबाट कलंकी सरुवा भएका छन् । उनी ५ वर्ष देखि रुपन्देही जस्तो सुगम ठाउँमा बस्दै आएका कर्मचारी हुन । यस्तै इन्द्र बहादुर गुरुङ, ११ वर्ष कास्कीमै बसेका कर्मचारी हुन । जो अहिले लेखनाथ सरुवा भएका छन् । कास्की देखि लेखनाथ सरुवा हुनेमा कालिदास पण्डित अर्काे कर्मचारी हुन । नापी कार्यालय रुपन्देहीका सर्भेक्षक कृष्ण प्रसाद पन्थी भने जम्मा २२ किमी टाढा नापी कार्यालय बुटवल सरुवा हुने भाग्यमानी कर्मचारीमात्र पर्दछन् ।
यस्तै सर्भेक्षक खड्क सिंह रावलको नापी कार्यालय दाङबाट ललितपुर सरुवा भएको छ, यस भन्दा अघि उनी २ वर्ष उपत्यकाको नापी कार्यालय, ३ वर्ष नापी कार्यालय लमही र ३ वर्ष नापी कार्यालय दाङमा बसेका थिए । रुपन्देही, लमही र दाङ बस्दै आएका खिम बहादुर खड्काको सरुवा फेरी लमही भएको छ । त्यसै तनहुँ देखि कास्की सरुवा हुनेमा गोपी लाल भट्टराई रहेका छन् । उनी यस अघि नापी कार्यालय कास्कीमा २०७३ साल देखि २०८० साल सम्म बसिसकेका कर्मचारी हुन । जनक पौडेलको सरुवा चावहिल देखि खैरहनी भएको छ । जबकी उनी यस अघि मकवानपुर ८ वर्ष बसी सकेका थिए । ज्ञानेश्वर पन्थ रुपन्देहीबाट बुटवल सरुवा भएको छन । सर्भेक्षक तिर्थ राज भण्डारीको सरुवा चितवन देखि भक्तपुरमा भएको छ । यस अघि रुपन्देही ५ वर्ष बसेर चितवन पुगेका उनी २ बर्ष चितवन बसेर अहिले भक्तपुर पुगेका हुन । दिनेश बखुन्छेको सरुवा भक्तपुरबाट काभ्रेमा भएको छ । जबकी उनी यस अघि कास्कीमा ३ वर्ष र भक्तपुरमा ३ वर्ष बसेका कर्मचारी हुन । दिलिप तारमी मगरको सरुवा डिल्लीबजारबाट चितवनमा भएको छ । उनी यस अघि लमही ३ वर्ष, रुपन्देही २ वर्ष र डिल्ली बजार ३ वर्ष बसेका कर्मचारी हुन ।

बिज्ञापन

सूची अनुसार, सर्भेक्षक दुर्गा प्रसाद उपाध्याय पनि ललितपुरबाट मकवानपुर सरुवा भएका छन्, उनी ६ वर्ष कास्की, ३ वर्ष नापी विभाग र ३ वर्ष ललितपुर बसेका कर्मचारी हुन । उनको घर कैलाली भए पनि मकवानपुर जाने कुनै कारण देखिदैन । उपाध्याय पेसागत राजनीतिमा पनि सक्रिय कर्माचारी हुन । सर्भेक्षक देवी प्रसाद सापकोटाको बुटवल देखि कलंकी पुगेका छन् । यस अघि करिब ९ वर्ष बुटवल र भैरहवा ३ वर्ष बसिसकेका कर्मचारी हुन उनी ।

राम्रो अड्डा देखि राम्रो अड्डामा सरुवा हुनेमा धर्मराज अधिकारी , ध्रुवराज जोशी, नविन अधिकारी, नारायण सापकोटा, पदम बहादुर चन्द, पुष्पराज जोशी, प्रकाश अर्याल, भक्त राज भट्ट, भीम बहादुर जीसी, महेन्द्र सिंह कुँवर, महेश दत्त भट्ट, मुरारी त्रिपाठी, मोहन ज्ञवाली, मोहन दत्त अवस्थी, मोहन राना, रंजन ढुंगाना, रविन भट्टराई, राजिव श्रेष्ठ, राजेन्द्र थापा, राजेश केसी, राम कृष्ण घिमिरे, रामचन्द्र भण्डारी, रुपा डोटेल, लक्ष्मण बन्जारा, विजय राज जोशी, बिष्णु कुमार ओली, शिव प्रसाद पौडेल, शिवजी कुमार शाह, श्याम कृष्ण प्रजापति, संगीता पौडेल, सन्तोष भण्डारी, सुमित कतिला, सुरेश गोहितमान, हरिचन्द्र तिवारी, हिक्मत बहादुर कुवंर, हेमन्त कुमार चपाई लगायत रहेका छन् ।

बिज्ञापन

उनीहरु प्राय सबै लामो समय राम्रो र सुगम कार्यालयमा बसेका छन् । नगेन्द्र बस्नेत नापी कार्यालय तुलसीपुरबाट भक्तपुर सरुवा भएका छन् । स्रोत भन्छ,नगेन्द्र विभागका नजिकका मान्छे हुन र यिनीले सरुवाको फाराम पनि भरी राख्नु पर्दैन । प्रदीप कुमार मण्डल पनि कावासोती देखि भक्तपुर सरुवा भएका छन् । उनी यस अघि १ दशक भन्दा बढी कपिलवस्तुमा अड्डा जमाएर बसेका थिए । यज्ञ प्रसाद उपाध्याय दमकदेखि सुर्खेत सरुवा भएका छन् ।

अमिनको सरुवा संख्यात्मक रूपमा सर्भेक्षक भन्दा कम गरिएको छ तर अमिनको सरुवा पनि मनलाग्दी सरुवा गरिएको कर्मचारीहरुले टिप्पणी गरेका छन् । राजपत्र अनंकितको सरुवा घर पायक सरुवा गर्दा सहज हुने भनिए पनि एकै समय एकै कार्यालयमा बसी फेरी सुग कै कार्यालयमा हुने प्रवृत्तिले गर्दा दुर्गममा बसेर सेवा प्रवाह गर्नेको मनोबल घटेको कर्मचारीहरुले तीतो पोखेका छन् । सरुवाको सूची हेर्दा पिछडिएको कोटाबाट जागिर खाएका हुन्छन त्यस ठाउँमा यिनीहरू कहिले नगएको देखिएको छ ।

आफुले माग गरेको कार्यालयको ठाउँमा सरुवा नहुनुको पिडा एक तर्फ छ भने अर्को तर्फ सरुवा हुन चाहेको ठाउँमा दरबन्दी खालि हुदाँ हुँदा पनि सरुवा नगरिएकोमा कर्मचारीहरुले रोष प्रकट गरेका छन् । सरुवा सूची अध्ययन गर्दा नापी कार्यालय उदयपुर, हुम्ला, खिजीफलांते, म्याग्दी, रुकुम, रुकुमकोट, गरुडा, प्यूठान, अछाम, रसुवा, रोल्पा, तेह्रथुम र ओखलढुंगा जस्ता कार्यालयमा कार्यालय प्रमुखहरूको सरुवा भई नापी अधिकृत र कार्यालय प्रमुखको दरबन्दी खालि गरिएको छ । त्यस्ता कार्यालयहरूमा सरुवा माग गरेका मध्ये वा अरु कुनै कार्यालयमा अवधि पुगेका कर्मचारीको व्यवस्थापन गर्नमा विभागको ध्यान गएको देखिदैन । यो समस्या सर्भेक्षक र अमिन तहमा अझ धेरै देखिन्छ ।

नापी विभागको सरुवामा उस्तै वेतिथि : सुगमदेखि सुगम नै सरुवा

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष