कुलिङ पिरियड हटाउन ‘स्वार्थ समूह’को चलखेल,निजामती विद्येयक फेरि अलपत्र

प्रतिनिधिसभाको हिजोको बैठकबाट पास हुने भनिएको संघीय निजामती सेवा विधेयक स्वार्थ समूहको चलखेल हुँदा फेरि अलपत्र पर्ने संकेत देखिएको छ । यस अघि रास्वपाको वेल घेराउ र राप्रपाको बहिष्कारबीच पनि सभामुख देवराज घिमिरले बैठक अघि बढाएका थिए । गत १ असारमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदन पेस गरेका थिए ।

बिज्ञापन

तर मंगलबार कार्यसूचीमा निजामती सेवा विद्येयक पारित गर्ने कार्यसूची भए पनि फेरि बैठक स्थगित गरिएको भनिएको छ । जानकारहरुका अनुसार सोही विद्येयकका संसदको कार्यसूची रोकिन पुगेको हो । यो घटना थप बुझ्न सोमबारको क्याविनेट अगाडिको घटनाक्रमले समेत थप प्रकाश पार्दछ । रामहरि खतिवडा नेतृत्वको राज्यव्यवस्था तथा सुशासन समितिले गत २ जेठमा पारित गरेर १ असारमा प्रतिनिधि सभामा पेश गरेको थियो । अवकाशप्राप्त निजामती कर्मचारीलाई अन्यत्र नियुक्ति लिन नपाइने व्यवस्था गर्दै दुई वर्षको कुलिङ पिरियडको प्रावधानप्रति उच्च प्रशासकहरु बेखुस छन् । सोही कारण प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य प्रशासनमन्त्रीलाई हकारेको छन्,अस्ति ।

बिज्ञापन

राती क्याबिनेटअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बोलाएर हप्काएपछि विधेयक पुनः बेवारिस हुन पुगेको हो । कुलिङ पिरियडबारे प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवासमेत खुशी नरहेको अवस्थामा आएको विधेयक हिजोदेखि एकाएक पारित हुने अवस्थाबाट पछाडि धकेलिएको हो । ‘रामहरि खतिवडाको लहडबाजीमा हिँडेर प्रशासन चल्छ ?’ प्रधानमन्त्रीले सामान्य प्रशासन मन्त्रीलाई हप्काएको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, ‘दुई वर्ष कुलिङ पिरियड के लागि राखियो ? कहाँबाट भयो यो ? कसले भनेको थियो यो व्यवस्था गर्न ?’

मंगलबार संसद स्थगित हुनुमा निजामती विधेयक पनि कारण रहेको संसद सचिवालयमा कार्यरत एक उच्च कर्मचारीले बताए । ‘कुलिङ पिरियड भएको प्रतिवेदन टेबल भएको छ । कुलिङ पिरियडकै कारण बैठक स्थगित भएको केही कर्मचारीको बुझाई छ । यस विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको थियो । मन्त्रिपरिषद् बैठकमा छलफल हुनु र पास गर्ने कार्यसूची रहेको संसद बैठक स्थगित हुनुमा ठूलै राजनीतिक चलखेलको गन्ध आएको छ ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाकै कारण संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित गर्नबाट रोकिएको कर्मचारीहरु बताउँछन् । प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा संघीय निजामती सेवा विधेयकमाथि अझै राजनीतिक तहमा छलफल आवश्यक रहेको बताएपछि हिजो प्रतिनिधि सभाबाट पारित गर्ने तय भएको विधेयकको कार्यसूची नै रोकिएको सत्ताधारी सांसदहरुकै भनाइ रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्री गुप्ताविरुद्ध घुस लिएको आरोपमा अख्तियारमा उजुरी, प्रमाणसहित कारबाहीको माग

ती गोकुल,यी राजुकमार

विशेष समिति बनेको सात दिन : सचिवसँग लियो पहिलो बयान

अबदेखि सरकारी कार्यालय ‘क्यासलेस’

राजनीतिक संकटमा गुप्ता : अडियोकाण्डपछि हटाइने तयारी

सरकारका तीन पूर्व सचिव रास्वपाको सल्लाहकारमा मनोनित

७८ लाख आफ्नै सरकारी निवासमा भेटिएको स्वीकार

सांसद आचार्यको आग्रह : “रसुवा बाढीबाट पाठ सिक्दै प्रकृतिमैत्री संरचना बनाउनुपर्छ”

बिशेष