कारबाट ३३ लाख बरामद, मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले नियन्त्रणमा लिएको छ। घिमिरेका नातेदार पर्ने भुवन ढुङ्गेल सवार इभी कारबाट ३३ लाख रुपैयाँ नगद बरामद भएपछि अख्तियारले उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

बिज्ञापन

सोमबार अपराह्न मध्यपुर थिमि नगरपालिकाबाट बाहिरिएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्पनजिकै अख्तियारको टोलीले रोकेर जाँच गरेको थियो। चेकजाँचका क्रममा कारबाट शंकास्पद नगद फेला परेपछि चालकसहित कारमा सवार भुवन ढुङ्गेल र उनकी श्रीमतीलाई अख्तियारले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

बिज्ञापन

कारबाट ३३ लाख रुपैयाँ नगद बरामद भएको छ। उक्त रकम प्रमुख प्रशासकीय अधिकृत घिमिरेले घुसबापत लिएको र व्यवस्थापनका लागि ढुङ्गेललाई दिएको अख्तियारको दाबी रहेको छ। रकम बरामद भएपछि अख्तियारको टोली नगरपालिका कार्यालय पुगेको थियो। टोलीले घिमिरेलाई कार्यालयबाटै नियन्त्रणमा लिएर घटनास्थलमा ल्याएको हो।

यता प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने आफूले घुस लिएको आरोप अस्वीकार गरेका छन्। अहिले बरामद रकम र घटनासँग सम्बन्धित विषयमा मुचुल्का तयार पार्ने काम भइरहेको छ।

बिज्ञापन

घुस लेनदेनको आशंकामा अख्तियारले गरेको यस कारबाहीबारे थप अनुसन्धान जारी रहेको छ। घटनाको विस्तृत विवरण र अख्तियारको आधिकारिक धारणा आउन बाँकी छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष