चुनावको मुखमा वैदेशिक रोजगार व्यवसायीसँग करोडको डिल

तीन साता पछि अनिवार्य अवकाशमा जान लागेका सहसचिव तथा वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीलाई मन्त्रालय तान्नुको पछाडिको कारण के होला ?
मन्त्रीको ‘फेस सेभिङ’का लागि मात्र उनलाई फिर्ता बोलाइएको हो वा कारण अरु होलान ? सात महिना अगाडि त्यहाँको महानिर्देशक बनाएर पठाइएको थियो खत्रीलाई । सो कार्यालयबाट दैनिक ७० लाखसम्म घुस असुली हुने गरेको बिषय बाहिरिएको महिनौं पछि खत्रीको ‘कोर टिम ‘नै सरुवामा परेका छन् र त्यहाँ जीवलाल भुसाललाई पठाइएको छ। कारवाहीको डण्डा बर्साउनु पर्ने खत्रीलाई मन्त्रीकै संरक्षणमा मन्त्रालय तानिएको कर्मचारीहरु बताउँछन् । यति गम्भीर आरोप लाग्दा न त स्पष्टीकरण,न छानबिन । उनलाई मन्त्रालयमा तानेर क्लिन चिट दिन खोजिएको छ । तर उनी अझै मन्त्रालयमा आउने मनसायमा छैनन् ।

बिज्ञापन

उता सोही कार्यालयमा कार्यरत रहेका एक जना शाखा अधिकृतको गतिविधिकै कारण उनको बिषयमा समेत गुनासो थियो,म्यानपावर व्यवसायीहरुको । शाखा अधिकृतले  म्यानपावर व्यवसायीहरुले आतंकित पारेको गुनासो मन्त्रालयमै गरेका थिए । तर उनलाई भने विभागबाट चलाइएको छैन ।  यसरी म्यानपावर व्यवसायीसँग खुलेआम बार्गेनिङ गर्ने गरेको आरोप खेपिरहेका शाखा अधिकृत हुन राजकिशोर साह । मधेसी कोटाबाट ७९ सालमा मात्र शाखा अधिकृतमा नाम निकालेका साह अहिले वैदेशिक रोजगार विभागका हर्ताकर्ता हुन । उनै साहले सोही कार्यालयमा बसेर म्यानपावर व्यवसायीहरु हतु खेलाउने गरेको पीडित व्यवसायीहरुको गुनासो छ । उनको बिषयमा मन्त्रालयदेखि वैरोसम्म व्यवसायीहरुले गुनासो गरेका भए पनि मन्त्री र उनकै सचिवालयकै संरक्षण पाएका कारण उनलाई चलाइएन ।

बिज्ञापन

बर्ष दिन अगाडि वैदेशिक रोजगार विभागमा कार्यरत छन् साह । वैदेशिक रोजगार व्यवसायीहरुको निर्वाचन हुँदैछ यहि चैत २९ गते । सोही निर्वाचनको मुखमा व्यवसायीहरुसँग पाँच लाखका दरले मोलमोलाई गरिएको बिषयले अहिले व्यवसायीहरु बीच चर्चा पाउने गरेको छ । विवादै विवादको भूमरीमा परेका महानिर्देशक खत्रीले आफ्नो सरुवा हुने सूचना पाए लगत्तै अनुगमन शाखामा कार्यरत अधिकृत राज किशोर साहलाई परिचालन गरि ठूला म्यानपावर बाट प्रती म्यानपावर कम्तीमा ५ लाखका दरले रकम उठाएको बिषय अहिले वैदेशिक रोजगार व्यवसायीहरुबीच चर्चाको बिषय बनिरहेको छ । मुलुकभर ८ सय ५४ वटा म्यानपावर सञ्चालनमा छन् ती मध्ये ठूला २०६ वटा रहेका छन् । जसले बार्षिक ५ सय भन्दा बढी श्रमिकहरुले वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् । तीनै म्यानपावरबाट पाँच लाखका दरले असुली गर्न खोजिएको बिषय म्यानपावर व्यवसायीहरुले गुनासो पोखेका छन। शाखा अधिकृत साहले मन्त्रीको सचिवालय र महानिर्देशकको आडमा व्यवसायीहरुलाइ धम्कीपुर्ण शैलीमा फोन गर्दै पैसा माग्दै आएको पीडित व्यवसायीहरुले बताएका छन् ।

बार्षिक ५ सय भन्दा बढी बैदेशिक रोजगारीमा पठाउँदै आएका म्यानपावरसँग ५ लाखका दरले रकम मागिएको व्यवसायीहरु बताउँछन् । यसरी २०६ वटा म्यानपावरबाट मात्र १० करोड बढी रकम असुल्ने योजना अगाडि बढाइएको थियो । केही सँग असुल समेत गरिएको थियो । बैदेशिक रोजगारको अनलाइन सिस्टम (फेमिज) हेर्ने र ५ सय बढी श्रमिक पठाउने म्यानपावरसँग पाँच लाखका दरले रकम मागिएको पीडित व्यवसायीहरुको गुनासो छ ।

बिज्ञापन

यो बिषयमा कर्मचारी प्रेसले शाखा अधिकृत साहसँग जिज्ञासा राख्दा यी सबै आरोप निराधार भएको भन्दै आफ्नो बचाउ गरेका छन् ।

कर्मचारी प्रेस समाचार प्रभाव : वैरोको डिजी तानिए मन्त्रालय,भुसाललाई महानिर्देशकको जिम्मेवारी

अवकाशको मुखमा रहेका डिजी असुलीमा विजी : मन्त्रालयले गर्यो सेटै परिवर्तन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२५ शाखा अधिकृतको सरुवा,७ को गृहमा इन्ट्री हुँदा अर्थमा भित्रिए १ जना

८ उपसचिवको सरुवा

यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,भ्रमण स्वीकृतिदेखि संसद् अधिवेशन आह्वानसम्म

उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

अशोक शेरचनको पक्षमा सर्वाेच्चको आदेश,०८३ माघसम्मै सिइओको कुर्सीमा

सेयर बजार २७ सय नजिक, नेप्से ९.७५ अंकले वृद्धि हुँदा कारोबार घट्यो

‘अबको सार्वजनिक सेवा सम्मान सहितको हुनु पर्छ’ : प्रजिअ खरेल

तिवारीको शक्ति : अधिकृतदेखि सहसचिवसम्म ३० बर्ष निरन्तर गृहमन्त्रालयमा

बिशेष