कर्मचारी प्रेस समाचार प्रभाव : वैरोको डिजी तानिए मन्त्रालय,भुसाललाई महानिर्देशकको जिम्मेवारी

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागको नेतृत्व परिवर्तन गरेको छ ।
गत भदौं पहिलो साता विभागको नेतृत्व सम्हाल्न पुगेको सूर्यबहादुर खत्रीलाई सात महिनामा त्यहाँबाट मन्त्रालयमा तानेर सहसचिव जीवलाल भुसाललाई नयाँ महानिर्देशकको जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ ।
केही महिना पछि अनिवार्य अवकाशमा जान लागेका खत्री अनियमिततामा जोडिएको,दैनिक सो कार्यालयबाट सत्तरी लाखसम्म घुस असुली भइरहेको बिषयमा कर्मचारी प्रेसले यस अघि समाचार प्रकाशन गरेको थियो ।

बिज्ञापन

यस्को अलवा स्पेनमा आयोजित एउटा वैदेशिक भ्रमण कार्यक्रममा पत्नीलाई बोकेर गएसँगै उनी विवादमा तानिएका थिए ।

बिज्ञापन

वैरोको डिजीको जिम्मेवारी पाएका भुसालले यस अघि उद्योग विभागको महानिर्देशक चलाइसकेका छन् । यस अघि भुसालले शाखा अधिकृतको रूपमा उद्योग विभागमा ४ वर्ष र उद्योग मन्त्रालयमा २ वर्ष काम गरेका थिए भने विभिन्न जिल्लामा स्थानीय विकास अधिकारीको जिम्मेवारी निर्वाह गरेका थिए । आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। उनको पहिलो पोस्टिङ नै उद्योग विभागमा भएको थियो ।

श्रम मन्त्रीका दाहिना हात : कुन- कुन म्यानपावरसँग साँठगाँठ ?

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कप्तानगञ्ज घटना : सरकार र पीडित पक्षबीच ७ बुँदे सम्झौता

२३ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

सीडीओ संरचना पुनर्संरचनामा पूर्वसचिवको समर्थन, थप ११ जिल्लामा पनि उपसचिव नेतृत्वको सुझाव

ओएन्डएममा परराष्ट्र मन्त्रालयको अडान : दरबन्दी र महाशाखा घटाउन अस्वीकार

आयल निगमको कार्यकारी निर्देशक छनोट : कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ६ उम्मेदवारलाई बोलाइयो

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

चिडियाखानामा स्वाइन फ्लूबाट तीन जङ्गली बदेलको मृत्यु, चार दिनसम्म घटना गोप्य

लोमस आचार्यलाई स्टोर शाखा नै चाहिने, अधिकृत पाण्डेलाई भने स्टोरका लागि आचार्य नै चाहिने ?

बिशेष