अवकाशको मुखमा रहेका डिजी असुलीमा विजी : मन्त्रालयले गर्यो सेटै परिवर्तन

वैदेशिक रोजगार विभागका महानिर्देशक पछि उपसचिव,शाखा अधिकृतदेखि नासु,कम्युटर अपरेटर तहका कर्मचारीको सेटै सरुवामा परेका छन । अवकाशका मुखमा रहेका महानिर्देशक सूर्य सिलवालका एक पछाडि अर्काे फण्डाहरु बाहिरिएपछि उनलाई हिजोमात्र मन्त्रालयमा तानिएका थिए । सात महिना अगाडि मात्र विभागको नेतृत्व सम्हाल्न पुगेका सिलवाललाई मन्त्रालयमा तानेर त्यहाँ जीवलाल भुसाललाई खटाएको थियो ।

बिज्ञापन

मन्त्रालयले आज खत्रीको सेटै परिवर्तन गरेको छ । आज उपसचिव गुरुदत्त सुवेदी,शाखा अधिकृतद्वय जंगबहादुर राई,भक्तबहादुर पाण्डेका अलवा नासु उमेश अधिकारी लगायतका कर्मचारीहरुलाई तितर वितर पारेको हो । मन्त्रालयले नासु अधिकारीलाई वैदेशिक रोजगार बोर्डको सचिवालयमा सरुवा गरेको छ । अधिकारी पटक पटक गरी तीन पटक उक्त कार्यालयमा बसेर सेटिङमा सक्रिय थिए । डिजीका कोर टिममा रहेर काम गर्नेमा अधिकारीका अलवा रामप्रसाद आचार्यहरु रहेका थिए । उनीहलाई मन्त्रालयमा तानिएको छ । यस्तै त्यहाँका कम्प्युटर अपरेटर बिकु खतिवडा पनि मन्त्रालयमा तानिएका छन् ।

बिज्ञापन

मन्त्रालयका अनुसार त्यहाँका निर्देशक गुरुदत्त सुवेदीलाई वैदेशिक रोजगार बोर्डको सचिवालय तानेर सो स्थानमा उपसचिव टीकाराम ढकाललाई वैदेशिक रोजगार बोर्डको सचिवालयबाट खटाइएको छ । त्यस्तै, शाखा अधिकृतद्वय जंगबहादुर राई र भक्तबहादुर पाण्डेलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नायब सुब्बाहरू उमेश अधिकारीलाई वैदेशिक रोजगार बोर्डको सचिवालयमा, रामप्रसाद आचार्यलाई श्रम मन्त्रालयमा तथा कम्प्युटर अपरेटर बिकु खतिवडालाई पनि श्रम मन्त्रालयमा फिर्ता हुँदा श्रम मन्त्रालयबाट शाखा अधिकृतद्वय शान्ति पौडेल र पुष्पाकुमारी झा,वोर्डको सचिवालयमा कार्यरत रहेका नायब सुब्बाहरू हुमकान्त रिजाल,मन्त्राययबाट अनिल गौतम र दिलिपकुमार ओली र कम्प्युटर अपरेटर साजिया खातुन विभागमा पुगेका छन् ।

पछिल्लो समय विभाग घुसको असुली अड्डा बनेको र दैनिक सो कार्यालयबाट ७० लाखसम्म घुस असुली हुने गरेको खबर कर्मचारी प्रेसमा प्रकाशन भएको थियो । सो समाचार प्रकाशन र फ्लो अप समाचार सँगै मन्त्रालयले सेटिङमा सक्रिय रहेका कर्मचारीको टिमलाई तानेर नयाँ सेट पठाएको हो ।

बिज्ञापन

कर्मचारी प्रेस समाचार प्रभाव : वैरोको डिजी तानिए मन्त्रालय,भुसाललाई महानिर्देशकको जिम्मेवारी

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त

‘लाली’ र ‘करेन्ट’ चाउचाउ विषक्त, बजारबाट फिर्ता गर्न सरकारको आदेश

सरकारी ठेक्का ह्याकिङ प्रकरण शहरीका सुब्बा कारागार चलान,ठेकेदारहरुलाई धरौटीमा छाड्ने आदेश

ठेकेदारमाथि मन्त्रीको कडा शैली : प्रहरी लगाएर पीएकहाँ बुझाउन आदेश

दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै,सहसचिवको संयोजकत्वमा सिफारिस समिति गठन

स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

सचिवको असन्तृष्टि : ‘यो मन्त्रालयको नाम हो कि एनजीओको ?’

बिशेष