उर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा महेश्वर श्रेष्ठलाई मन्त्रालयमा तानेका छन् । ८७ जना सीडीईहरुको सरुवा विवादमा मुछिएका श्रेष्ठ तानिएका छन्। ऊर्जा मन्त्रालयको सचिवबाट हटाइएकी सरिता दवाडीसँग सरुवामा अस्वाभाविक चलखेल गरेको भेटिएपछि मन्त्री श्रेष्ठले उनलाई मन्त्रालयमा तान्ने निर्णय गरेका हुन्।
बिज्ञापन
हालैको क्याविनेटले सचिव सरिता दवाडीको सरुवा गरेर नेपाल ट्रष्टमा पुर्याइएको थियो । सचिवलाई सरुवा गरेर नेपाल ट्रष्टमा पुर्याएलगतै महानिर्देशक श्रेष्ठ मन्त्रालयमा तानिएका हुन । दुई महिना मन्त्री श्रेष्ठले सिँचाइ विभागमा मित्र बराललाई मन्त्रालयमा तानेर श्रेष्ठलाई खटाएका थिए तर सीडीईको सरुवाको विवादमा जोडिएका सचिव पछि महानिर्देशक श्रेष्ठलाई समेत मन्त्रालयमा तानेर मन्त्री श्रेष्ठले सहसचिव दिनेश रजौरियालाई महानिर्देशक बनाएका हुन्। रजौरिया विभागकै उपमहानिर्देशक हुन्।


























