जिम्मेवारीबाट भाग्ने हाकिम बुढा, न्याय खोज्दै जनता

ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालय सुधारको अपेक्षा गरिएको थियो । तर, सुधार त परै जाओस्—त्यहाँको अवस्था दिनप्रतिदिन झन् जटिल र अस्तव्यस्त बन्दै गएको गुनासो बढ्दै गएको छ । विशेषगरी कार्यालय प्रमुख भीमबहादुर बुढाको कार्यशैलीप्रति  सेवाग्राहीहरु असन्तुष्ट छन् ।

बिज्ञापन

भूमिमन्त्री कुमार इङनाङले पूर्व प्रमुख अशोककुमार भट्टराईलाई हटाएर सुधारको सन्देश दिन खोजेका थिए । तर, त्यसपछि नेतृत्व सम्हाल्न आएका उपसचिव भीमबहादुर बुढाको कार्यक्षमता र निर्णयहीनताले कार्यालय झन् संकटमा धकेलिएको आरोप लाग्न थालेको छ ।

बिज्ञापन

सबैभन्दा गम्भीर विषय भनेको—भूमिसुधार कार्यालयअन्तर्गत बस्नुपर्ने इजलास लामो समयदेखि ठप्प हुनु हो । मोही–जग्गाधनी विवाद, हकदाबी, सिमाना विवादजस्ता संवेदनशील मुद्दा हेर्ने यो इजलास बस्न नसक्दा सयौं मुद्दा थन्किएका छन् ।

यसले केवल प्रशासनिक कमजोरी मात्र होइन, प्रत्यक्ष रूपमा न्याय प्रणालीमै असर पुर्‍याएको छ । सेवाग्राहीहरू वर्षौँदेखि न्यायको प्रतीक्षामा छन् । समयमै सुनुवाइ नहुँदा पीडित पक्ष न्यायबाट वञ्चित हुन बाध्य छन् ।

बिज्ञापन

विवाद टुंगो नलाग्दा जग्गा किनबेच, बैंक धितो, घर निर्माणजस्ता कामसमेत रोकिएका छन् । यसको प्रत्यक्ष असर कृषि, निर्माण र लगानी क्षेत्रमा देखिन थालेको छ ।

सेवाग्राहीहरूकै भनाइ अनुसार, “इजलास नबस्नु भनेको मुद्दा लुकाएर राख्नुजस्तै हो ।” ढिलाइले अनौपचारिक दबाब र ‘सेटिङ’ को वातावरणसमेत सिर्जना गरिरहेको आशंका गरिएको छ ।

अझ गम्भीर आरोप के छ भने—कार्यालय प्रमुख बुढा नियमित रूपमा कार्यालयमा नबस्ने, बसेपनि निर्णय लिन हिच्किचाउने र ‘अख्तियारमा पर्छु’ भन्ने डरले फाइल अगाडि नबढाउने प्रवृत्ति देखिएको छ । यसले प्रशासनिक नेतृत्व पूर्ण रूपमा निष्क्रिय बनेको संकेत गर्दछ ।

यस्तो अवस्थाले स्पष्ट सन्देश दिन्छ “कार्यालय छ, तर सेवा छैन” “कानुन छ, तर कार्यान्वयन शून्य छ”

भूमिसुधार कार्यालयको मूल उद्देश्य नै विवाद समाधान र न्याय सुनिश्चित गर्नु हो । तर, इजलास नै बस्न नसक्नु भनेको संस्थागत असफलता हो ।

यदि तत्काल नेतृत्वमा सुधार, जिम्मेवारीको बोध र कार्यक्षमता प्रदर्शन हुन सकेन भने, लगनखेल मालपोत कार्यालय केवल नामको संस्था मात्र बन्ने खतरा बढ्दै गएको छ ।

४० लाख लगानी, २७ लाख मासिक कर्मचारीबाटै असुली: लगनखेल मालपोतमा कर्मचारीमाथि ‘कोटा सिस्टम’को आतंक

भूमिमन्त्रीलाई नै घुस दिन बाध्य बनायो भक्तपुर मालपोतले

मालपोतका कर्मचारी सरुवामा विचौलियाको काम गर्ने विभागकै अधिकृत भएको खुलासा

भक्तपुर मालपोत कार्यालयमा बिचौलिया–सेटिङ र घुस असुलीको जालो, करोडौँको चलखेलको आरोप

सरुवा बदर गराउन अदालत धाउने, मालपोतमै बसेर सेटिङ चलाउने : अशोक भट्टराईको खुलेआम अराजकता

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

बिशेष