गृहका तीन सहसचिव सरुवाको अन्तर्य : पञ्जीकरणको ठेक्का

  पछिल्लो समय उच्च प्रशासकहरुको सरुवामा प्रधानमन्त्रीको सचिवालय हाबी हुन थालेको चर्चा कर्मचारी वृत्तमा सुनिन थालिएको छ । मन्त्री र सचिवहरुको जानकारी विनै कतिपय प्रशासकरुको सरुवा हुन थालेको गुनासो मुख्य सचिव गोविन्द कार्की समक्ष पुगेको स्रोतले बताएको छ ।

बिज्ञापन

फेरिएको पात्र मात्र हो, प्रवृत्ति उस्तै छ । यसअघि आफू अनुकूलको काम नहुँदा दीपक भट्ट र रामचन्द्र भट्टले कर्मचारीलाई भकुण्डो बनाउँथे । अहिले त्यही काम प्रधानमन्त्रीको सचिवालयमार्फत हुन थालेको छ । यसअघि नमराज घिमिरेलाई पञ्जीकरण विभागबाट हुत्याएर मुस्लिम आयोगमा पुर्याइएको थियो । गत २५ वैशाखमा ठेक्का रद्द गर्ने निर्णय लिएका घिमिरे त्यसको तीन दिन पछि मुस्लिम आयोगमा सरुवा भएको थियो । उनले ठेक्का रद्द गरेर प्राविधिक काम विभागले नै गर्न असम्भव रहेको भन्दै अडान लिएका कारण घिमिरे सरुवामा परेका गृहका अधिकारीहरु बताउँछन् ।

बिज्ञापन

प्रधानमन्त्री सचिवालयबाटै ठेक्का रद्दका लागि दबाबसहित निर्देशन दिइएको गृह स्रोत बताउँछ । सो निर्देशन अनुसार काम नगर्दा थप दुई गृहका सहसचिवहरुलाई गृहबाट बाहिर पठाइएको छ । विभागका अनुसार एनआईडीएमआईएस सपोर्ट एन्ड मेन्टिनेन्स ठेक्काका लागि दुबईको ग्राभिटी गुप्र आईएनडी एलएलसी, मलेसियाको आइरिस कर्पोरेसन र फ्रान्सको इन स्मार्ट आइडेन्टिटी फ्रान्स एसएएस (आइडेमिया) प्रतिस्पर्धामा थिए । यसअघि फ्रान्सेली कम्पनी आइडेमियाको नेपाली एजेन्ट एड्भान्टेज इन्टरनेसनल प्रालिले राष्ट्रिय परिचयपत्रसम्बन्धी काम गर्दै आएको थियो । उक्त सम्झौता सकिएपछि नयाँ ठेक्का प्रक्रिया अघि बढाइएको थियो । सोही प्रक्रियामा विमती राख्दा गृहका अरु दुई सहसचिवलाई गृहबाट बाहिर पठाइएको स्रोतको भनाइ छ ।

कप्तानगञ्जको बितण्डाकै बीच बसेको मन्त्रिपरिषद् बैठकले बरिष्ठ सहसचिव कालीप्रसाद पराजुलीलाई महिला आयोग र सुमन घिमिरेलाई नेपाल ट्रष्टतिर हुत्याउनुको पछाडि राष्ट्रिय परिचयपत्रको ठेक्का प्रकरणसँग जोडेर हेर्ने गरिएको छ । गृह स्रोतका अनुसार सचिव राजकुमार श्रेष्ठ बिमस्टेकको कार्यक्रममा सहभागी हुन भारत गएको बेला निमित्त थिए कालीप्रसाद । त्यही बेला परिचयपत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र छपाइका लागि आवश्यक अटोमेटिक बायोमेट्रिक आइडेन्टिफिकेसन सिष्टम (एबिआइएस) आपूर्तिको फाइल गृह मन्त्रालय पुगेकोमा उनले हस्ताक्षर गर्न मानेका थिएनन् । सोही प्रक्रियामा फरक मत राख्दा सुमन घिमिरेसमेत तीन महिनामै सरुवा भएका हुन् । गृह मन्त्रालय र ती सहसचिवलाई नसोधी मन्त्रिपरिषद्ले उनीहरुको सरुवा गरेको थियो ।

बिज्ञापन

अन्तत ती सहसचिवहरुलाई गृहबाट लखेटे पनि सरकारले त्यही कम्पनीसँग सरकारले जीटुजी सम्झौता गर्ने निर्णय गरेको छ । मर्मतको जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लिएको छ । यो घटनाक्रमलाई केही अधिकारीहरूले राहदानी छपाइसम्बन्धी विवादसँग पनि जोडेर हेर्ने गरेका छन्।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष