शाखा अधिकृतलाई सरकारी सेवाबाटै बर्खास्त गर्ने तयारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक जना अधिकृतलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले बर्ष दिनभन्दा बढी गैरहाजिरीमा रहेका एक शाखा अधिकृतलाई गैरहाजिरीमा रहनुको कारण पेश गर्न १५ दिनको समय दिएको हो ।

बिज्ञापन

मन्त्रालयका अनुसार,खानी तथा भूगर्भ विभागमा कार्यरत जियोलोजिष्ट गौतम प्रसाद खनाल २०८२ साउन ९ गतेदेखि हालसम्म बिना सूचना लगातार अनुपस्थित रहँदै आएका पाइएसँगै लामो समयदेखि बिना सूचना कार्यालयमा अनुपस्थित रहेपछि मन्त्रालयले उनीविरुद्ध विभागीय कारबाही प्रक्रिया अगाडि बढाउँदै स्पष्टीकरण माग गरेको हो ।
मन्त्रालयका अनुसार,नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूहका जियोलोजिष्ट कर्मचारी संकेत नं २०१२९४ रहेका खनाल गैरहाजिरीमा रहेका कारण साउन १४ गतेको सचिवस्तरीय निर्णय अनुसार निजामती सेवा ऐन, २०४९ को दफा ६६ बमोजिम १५ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको हो ।

बिज्ञापन

सूचनामा तोकिएको म्यादभित्र सन्तोषजनक सफाइ पेस नगरेमा निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) को खण्ड (छ) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनीसमेत मन्त्रालयले दिएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष