भूमिमन्त्रीलाई नै घुस दिन बाध्य बनायो भक्तपुर मालपोतले

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाली रहेका मन्त्री प्रा डा कुमार इङ्नामले जग्गा प्रशासनसँग सम्बन्धित आफ्नो काम फत्ये गराउन मालपोत कार्यालयमा घुस बुझाउनु परेको बताएका छन् ।

बिज्ञापन

जग्गाको कामको सिलसिलामा काम पूरा गराउनका लागि भक्तपुर मालपोत कार्यालयमा उनले त्यहाँका कर्मचारीलाई पाँच हजार घुस बुझाएको बिषय उनले केही महिना अगाडि मात्र सार्वजनिक मञ्चहरुमै बताएका थिए ।

बिज्ञापन

कानुनका प्राध्यापक समेत रहेका मन्त्री इङनामले तेह्रथुमका हुन । उनी भक्तपुरमा बस्दै आएका छन् । मन्त्री हुनु भन्दा अगाडि जग्गाको कामको सिलसिलामा आफूले भक्तपुर मालपोतका कर्मचारीलाई पाँच हजार घुस बुझाउनु परेको उनले उल्लेख गरेका थिए । यद्यपि सो कार्यालयका प्रमुख माधव घिमिरेले भने यस बिषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । यस अघि भक्तपुर मालपोतको प्रमुख थिए,कुमार आचार्य,उनी २२ लाख घुस प्रकरणमा अख्तियार लागेर निलम्बनमा परेसँगै त्यहाँ माधव घिमिरेलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुख घिमिरेले भने आफ्नो कार्यालयबाट नभएको प्रतिक्रिया दिएका छन् ।

मन्त्री भएको केही दिनमै प्रा डा कुमार इङ्नामले डिल्लीबजार मालपोतमा छड्के अनुगमन गरेका थिए,त्यो पनि सेवाग्राहीको रुपमा । यस्तै चाबहिल मालपोत प्रमुख दिपेन्द्र खत्रीको बदमासीको बिषयमा कर्मचारी प्रेसले समाचार लेखे लगतै उनलाई स्पष्टीकरणमात्र सोधिएन कि जिम्मेवारीबाट समेत हटाइएको छ । त्यहाँ अहिले भोजराज श्रेष्ठलाई कार्यालय प्रमुखको रुपमा खटाइएको छ । यस्तै, ललितपुर मालपोतका प्रमुखलाई समेत हटाउने तयारी गरिरहेका छन् । यी दुबै कार्यालयका प्रमुखहरु विचौलियाका जोडबलमा नियुक्त भएका थिए ।

बिज्ञापन

जग्गा प्रशासनसँग सम्बन्धित काम गर्ने भूमिसुधार, नापी विभाग र मालपोतले मिलेर नै शिकारका लागि धराप थाप्ने गरेको प्रशष्त उदाहरणहरु सुनिन्छ भेटिन्छ । सबै कागज पुर्‍याएर जाँदा समेत लेखनदासहरुलाई अगाडि सारेर खाजा वा चिया खाने पैसा माग्ने भ्रष्ट संस्कृति ती कार्यालयहरुमा विद्यमान रहेको छ ।

उसो त सरकारी कार्यालयबाट हाकाहाकी घुस माग्ने सिलसिला नौलो होइन यस अघि जनता समाजवादीका सांसद वीरेन्द्र महतोले आफ्नो छोराको काम गर्नका लागि शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर फर्किएको बिषय रोष्टमबाटै सार्वजनिक गरेका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

बिशेष