कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

मधेश प्रदेश सरकारले कार्यसम्पादन मूल्याङ्कनमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता उपलव्ध गराउने कार्यविधि बनाउन लागेको छ । सरकारी कर्मचारीलाई दिँदै आएको अतिरिक्त सुविधालाई कार्यसम्पादनसँग जोड्न भन्दै अर्थ मन्त्रालयले निर्माण गरिरहेको कार्यविधिमा यस्तो व्यवस्था राख्न लागिएको हो ।

बिज्ञापन

चालु आर्थिक बर्षको बजेट भाषणमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीहरूको तलबमानमा २० प्रतिशत वृद्धि गर्ने घोषणा गरेसँगै अहिले मधेस प्रदेशको अर्थ मन्त्रालयले आवश्यक कार्यविधि बनाइरहेको छ । सरकारले कर्मचारीहरूको सुरुको तलबमा १० प्रतिशत र कार्य क्षमता मूल्याङ्कनको आधारमा थप ११ प्रतिशत वृद्धि गर्ने भनेको थियो । तर १० प्रतिशत के–कसरी दिने, त्यसको मूल्याङ्कन कसरी गर्ने भन्ने विषयमा प्रदेश सरकारको अर्थ मन्त्रालयले कार्यविधि निर्माण गरिरहेको जनाएको छ ।

बिज्ञापन

कार्यविधिमा कार्यसम्पादन मूल्याङ्कनमा ७५ प्रतिशतभन्दा माथि अङ्क ल्याउनेले मात्र यो सुविधा पाउने व्यवस्था राख्न लागिएको छ । कार्यविधिअनुसार वार्षिक कार्यसम्पादन मूल्यांकनमा कम्तीमा ७५ प्रतिशत अंक प्राप्त गर्ने कर्मचारीले मात्रै कार्यक्षमतामा आधारित अतिरिक्त सुविधा पाउने व्यवस्था राखिएको हो ।

अर्थ मन्त्रालयका अनुसार, कार्यसम्पादन मूल्यांकनका लागि करिब १० वटा सूचक तय गरिएका छन् । कार्यालय प्रमुख, लेखा र प्रशासन शाखाका प्रतिनिधि सम्मिलित समितिले कर्मचारीको मूल्यांकन गर्नेछ । प्राविधिक र अप्राविधिक दुवै समूहका कर्मचारीका लागि ४० प्रतिशत अंक समान सूचकबाट तथा बाँकी ६० प्रतिशत अंक जिम्मेवारी र कार्यसम्पादनका आधारमा प्रदान गरिने व्यवस्था गरिएको छ ।यसरी ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र कार्यसम्पादनमा आधारित भत्ता उपलव्ध गराउने गरी कार्यविधि बनिरहेको प्रदेशको अर्थ मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

मध्यराति भागेर ज्यान जोगाए कर्मचारी र सुरक्षाकर्मी, तातोपानी भन्सारमा ३२ करोडको एक्सरे मेसिन पनि प्रभावित

३१९ कर्मचारी अनलाइन सरुवा गरेको मन्त्रालयकै दावी,प्रणालीमा देखिन्छ २० मात्र

महिना दिनमै अनलाइनबाट २३ सय आवेदन,३१९ को सरुवा

मेयरसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा,प्रमुख प्रशासकीय अधिकृतसहित ६ कर्मचारी प्रतिवादी

बालेन सरकार बने यता ८ हजार कर्मचारीमाथि कारवाही सिफारिस

सशस्त्र प्रहरीका ३३ जना एसपीहरूको सरुवा (सूचीसहित)

बिशेष