तीन सहसचिवले दिए राजीनामा

साउन महिना लागे यतामात्र तीन जना सहसचिवहरुले राजीनामा दिएका छन् ।यसरी राजीनामा दिएर घर फर्कनेहरुमा ६ महिना अगाडिमात्र सह सचिवमा बढुवा भएका कर्मचारीदेखि जागिर अवधि अझैं तीन बर्षभन्दा बढी रहेका सहसचिवसम्म रहेका छन् ।

बिज्ञापन

 

बिज्ञापन

यसरी राजीनामा दिनेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेकी सहसचिव शिवादेवी दाहाल,राष्ट्रिय योजना आयोगका सहसचिव लोकप्रसाद न्यौपाने र दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत टेकनारायण पौडेलसम्म छन् । स्वास्थ्य समस्याको कारण देखाउँदै चार महिना लामो घर बिदामा बसेकी दाहालले जागिर अवधि तीन बर्ष बाँकी छँदै राजीनामा दिएकी हुन ।

प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाकी प्रमुखसमेत रहेकी दाहाल गत वैशाख पाँच गतेदेखि करिब तीन महिना लामो बिदा लिएर बसेकी थिइन । पछिल्लो पाँच वर्षदेखि प्रधानमन्त्री कार्यालयमा कार्यरत दाहालले स्वास्थ्य समस्याका कारण बिदामा बसेकी थिइन । बिदा सकिएसँगै उनले सरकारी सेवाबाटै राजीनामा दिएकी हुन । अनिवार्य अवकाशमा जान झण्डै तीन वर्ष बाँकी रहे पनि स्वास्थ्यको समस्याको कारण देखाउँदै उनले राजीनामा दिएकी हुन । यस्तै डेढ बर्ष जागिर अवधि बाँकी रहेका सहसचिव लोकप्रसाद न्यौपाने र ६ महिना अघि मात्र सहसचिवमा बढुवा भएका टेकनारायण पौडेलले पनि १६ महिना जागिर अवधि बाँकी छँदै राजीनामा ठेलेका हुन ।

बिज्ञापन

उता हालैमात्र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासनको बरण्डामा पुगेका उपसचिव जिवन सेढाइले समेत राजीनामा दिएका छन् । जागिर अवधि महिना दिन मात्र बाँकी रहेका सेढाइलाई हालैमात्र भूमि मन्त्रालयबाट अतिरिक्त समूहमा सारेसँगै उनले पनि राजीनामा दिएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष