भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले मालपोत कार्यालयको सरुवाका लागि बिचौलियाको काम गर्ने व्यक्तिको पहिचान भएको जनाएका छन् । उनले त्यस्ता पात्रको पहिचान भएको जनाउँदै उनको सरुवा गरेर दुर्गममा पठाउन निर्देशन समेत दिइसकेको मन्त्री इङ्नामले जनाएका छन् ।
पछिल्लो समय मालपोत कार्यालयमा सेटिङमा सरुवा हुने गरेको भन्ने व्यापक गुनासो आइरहेको सम्बन्धमा त्यस्तो विचौलियाको पहिचान भएको मन्त्री इङ्नामले संकेत गरेका छन् ।
बिज्ञापन
मन्त्रालयका अनुसार लामो समयदेखि विभागमा कार्यरत रहेका ती अधिकृतस्तरका कर्मचारीले नै मालपोतको कर्मचारी सरुवामा विचौलियाको रुपमा काम गरिरहेको खुलासा भएको छ । अघिल्लो बर्ष करिब पाँच सय कर्मचारी सरुवा गर्दा बोल कबोलका आधारमा सरुवा भएको छानबिन समितिले खुलासा गरेको थियो । हाल प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका मन्त्रालयको तत्कालीन प्रशासन महाशाखा प्रमुख मदन कोइरालाको संयोजकत्वमा सोही महाशाखाका उपसचिव कृष्णप्रसाद भण्डारी र कानुन अधिकृत गोकुल भुजेल सदस्य रहेको समितिले आर्थिक चलखेलका आधारमा कर्मचारी सरुवा गरिएको निष्कर्ष निकालेको थियो । एक लटमा कर्मचारी सरुवा गर्दामात्र झण्डै सात करोडको खेलोमेलो भएको थियो । यो धन्दा अझैं पनि विद्यमान छ । यो धन्दामा सक्रिय भूमिकामा विभागकै एक जना अधिकृत रहेको मन्त्रालयले निष्कर्ष निकालेको छ ।
पछिल्लो समय मालपोतका कर्मचारी सरुवामा खुलेआम दर रेट तोकिएको थियो । यसरी विभागमा बसेर विचौलियाको काम गर्ने अधिकृतस्तरको कर्मचारी पहिचान भएको र तत्कालै उनको दुर्गममा सरुवा गरेर पठाउन मन्त्रीले निर्देशन दिइसकेका छन् । यिनै विचौलिया कर्मचारीको जोडबलमा अघिल्ला मन्त्री बलराम अधिकारीले नियुक्त गरेको उपत्यकाका प्रमुख मालपोत अधिकृतहरु धमाधम फिर्ता हुँदैछन् । मन्त्रीको पहिलो एक्सनमा चाबहिलका मालपोत प्रमुख मन्त्रालयमा तानिएका थिए । लगतै भक्तपुर र ललितपुरका प्रमुखहरु समेत संघीय मामिलाको बरण्डामा पुगेका छन् ।
हालैमात्र मन्त्रीले ललितपुर कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घमिरे र चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरिएको हो ।
बिज्ञापन
अख्तियारले मुद्दा हालेको व्यक्ति नै ‘पोस्टिङ–रेट’को नाइके ! भ्रष्टाचार मुद्दा जितेपछि झन् उग्र


























