मालपोत कार्यालय लगनखेलका तीन नासु ३ लाख घुससहित पक्राउ

ललितपुर । मालपोत कार्यालय (भूमि प्रशासन कार्यालय) लगनखेलका तीन जना नायब सुब्बा (नासु) सहित पाँच जनालाई तीन लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

बिज्ञापन

जग्गाको बकसपत्र गराइदिने काममा अनावश्यक दुःख–हैरानी दिई सेवाग्राहीसँग घुस मागिएको भन्ने उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले विशेष निगरानी गरेको थियो। सोही क्रममा ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट सेवाग्राहीसँग तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो।

बिज्ञापन

पक्राउ पर्नेमा मालपोत कार्यालय लगनखेलका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर रहेका छन्। उनीहरूसँगै लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाललाई पनि नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानबाट कर्मचारी र लेखापढी व्यवसायीबीच मिलेमतो गरी सेवाग्राहीबाट रकम असुल्ने गरिएको आशंकामा अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

अख्तियारको टोलीले उनीहरूको साथबाट घुसबापत लिइएको तीन लाख रुपैयाँका साथै स्रोत खुल्न नसकेको २४ हजार ८९० रुपैयाँसमेत बरामद गरेको छ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका पाँचै जनामाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि प्राप्त प्रमाणका आधारमा भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

भूमि प्रशासन तथा मालपोत कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक झन्झटमा पारेर घुस असुल्ने गतिविधिविरुद्ध अख्तियारले पछिल्लो समय निगरानी र कारबाहीलाई तीव्र बनाउँदै आएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

बिशेष