कस्ले बुझ्छ र हामी करारका कर्मचारीहरुको कहर ?

प्रधानमन्त्रीका अलावा उद्योग, स्वास्थ्य, कृषि र युवा मन्त्रीसमेत मधेसी समुदायबाट तर सोही मूलका भएकै कारण हामी सरकारी कर्मचारीले हाकिमबाट चरम विभेद भोगिरहेका छौं । लामो समयदेखि करार सेवामा कार्यरत मधेसीमूलका कर्मचारीलाएै जागिरबाट निकालिएको छ भने पहाडिया कर्मचारीको करार नवीकरण भएको छ । के मधेसी मूलमा जन्मनु हाम्रो अपराध हो ? अनि करार सेवाका कर्मचारी भनेको मन परुञ्जेल भाँडो, मन नपरेपछि ठाँडो हो ? होइन भने किन यसरी विभेद मुटु रोगीमाथि ?

बिज्ञापन

बुवा पूर्व उपप्रधानपञ्च, पाँच दिदीबहिनी र एक भाइ, म जन्मिए हुर्किएको हुँ– सर्लाहीमा । सात कक्षा पढ्दै गर्दा विवाह बन्धनमा बाँधिएँ । केही वर्षमै श्रीमान विदेशिनुभयो तर म मुटुरोगी, स्याहारसुसार चाहिने भएको कारण उहाँ फर्कनुभयो । जनक शिक्षा सामग्री केन्द्रमा तीन वर्ष काम गरें । देवेन्द्र पौडेल शिक्षामन्त्री हुँदा करारका सबै कर्मचारी हटाइयो । म पनि हटें । हरेक वर्ष असार लागेपछि करार कर्मचारीलाई मुटुको ढुक्ढुकी बढ्छ । मन्त्री, सचिवदेखि कार्यालय प्रमुखको इन्टेन्सन हुन्छ, आ–आफ्नो मान्छेलाई सेवामा छिराउने । त्यही कारण कतिपय कार्यालय प्रमुखले दरबन्दी खाली गर भन्छन् ।

बिज्ञापन

जनक शिक्षाको जागिरबाट हात धुनुपरेपछि महेन्द्र राय मन्त्री हुँदा ०७९ सालदेखि खानेपानी मन्त्रालयमा छिरेँ । ०७९ जेठ ३२ गतेदेखि करिब ६ महिना नेपाल सरकारलाई श्रमदान गरें अर्थात बिनातलब सेवा गरेँ । ०७९ मंसिर ४ गते करार सेवामा नियुक्ति मिल्यो । करिब तीन महिनामा एउटा दरबन्दी खाली भएपछि दैनिकीमा काम गर्न थालें । मन्त्रालयमा म मात्र मधेसी मूलको करार कर्मचारी थिएँ । दरबन्दी मन्त्रालयमा भए पनि काज सरुवा गरिदिए, खानेपानी महशुल निर्धारण आयोगमा । सोही आयोगबाट अहिले मधेसी कर्मचारीलाई निकालिएको छ । सो आयोगको अध्यक्ष रुद्र गौतम, सदस्यद्वय कुलभुषण शेखर शर्मा र यशोदा कार्की । त्यहाँ ६ कर्मचारीको दरबन्दी थियो । सविता थापा कम्प्युटर अपरेटर र खानेपानी संस्थानबाट आउनुभएका प्रकाश राई, सुहाना खातुन, पिपला कोइराला, चक्र दाइ र म । हामीहरू त्यहाँ कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र हलुका सवारी चालकका रूपमा कार्यरत थियौं ।

जब करारका कर्मचारीले सरकारी ज्यादतीविरुद्ध एक भएर दुई दिन सिंहदरबार केन्द्रित आन्दोलन गरे, कोही कसैले हल्लाउन नसकेको दुई तिहाइ बहुमत नजिकको बालेन सरकार झुक्न बाध्य भयो ।

बिज्ञापन

यसअघि नै अध्यक्ष रुद्रले हटाउन खोज्नुभएको थियो । तत्कालीन मन्त्री प्रदीप यादवलाई भेटेपछि उहाँले दरबन्दी नै कटौती गरिदिनुभएको हो । विरोधमा सविता थापा म्याडमले कार्यालयमा ताला लगाइदिनुभयो तर मलाई जागिरबाट हटाउन खोज्ने अध्यक्षलाई नै बालेन सरकारले अध्यादेशमार्फत हटाइदियो । उहाँहरू गत वैशाख ३० गते बाहिरिनुभयो । त्यसपछि हामीलाई भनियो कि खानेपानी महशुल निर्धारण बोर्ड खारेज हुने भयो । चाबी बुझाइदिनुहोला । हामीले विश्वास गरेर चाबी बुझायौं ।

जेठ १ गतेदेखि कार्यालय गएनौं जबकि असार मसान्तसम्मको नियुक्ति पत्र थियो । खारेज भएको भनिएको कार्यालय सञ्चालन भइरहेको मन्त्रालयबाट चाल पाएपछि अध्यक्ष रुद्र गौतम सरलाई फोन गरेर सोध्दा मैले छोडिसकेँ, केही थाहा छैन भन्नुभयो । सविता थापाले म क्यान्टिन चलाइरहेको छु भनेर ढाँट्नुभयो । मन्त्रालयले खटाएको उपसचिव वासुदेव भट्टराईसँग जिज्ञासा राख्दा तीन जना कर्मचारी हटाइएको जवाफ दिनुभयो । कसलाई राख्ने, कसलाई हटाउने मेरो मर्जी भन्नुभयो ।

हामी मधेसी मूलका तीन जनालाई हटाएर पिपला कोइराला, सविता थापा र प्रकाश राईलाई मात्र राखिएको थाहा पाइयो । जबकि सविता थापा १६ वर्षदेखि करार सेवामै कार्यरत हुनुहुन्छ । पिपला रुद्र गौतम सरको आफन्तको मान्छे, गत फागुनदेखि मात्र त्यहाँ काम गरिरहेको । यसरी किन जातीय विभेद गरियो मान्छेमाथि ? हाम्रो कार्यसम्पादनमा के खोट थियो ? के आधारमा हटाइयो ? अहिले साउनबाट तिनै तीन जना कर्मचारीको करार नवीकरण भएको छ र हामीलाई मात्र उठिबास लगाइएको छ ।

यो ज्यादतीविरुद्ध मन्त्रालयमा पुगेर गुनासो राख्यौं । शुक्रबार पूर्वाधार मन्त्रालयका सर, म्याडमहरूलाई भन्दा जवाफ आयो– पहिला ओएनएम स्वीकृत हुन दिनु तर सोमबार नै त्यहाँ कार्यरत तीन जना कर्मचारीको करार नवीकरण भएको जानकारी आयो । कि त करार सेवामा नियुक्त सबै कर्मचारी हटाइनुपर्छ, होइन भने कसैको नवीकरण गर्ने, कसैलाई ढाँट छल गरेर परिवारको पेटमा किन लात हानिँदैछ ?

स्थायी नियुक्ति खाएका कर्मचारी बढुवातर्फ केन्द्रित रही रातदिन लोकसेवा तयारी गरिरहँदा, अध्ययन बिदामा बसिरहँदा ग्राउण्ड लेबलमा बसेर काम गरिरहेका कर्मचारी हौं हामी । यसरी जीवनका ऊर्जाशील समय करार सेवामा बिताएर रित्तो हात बिदा हुनुपर्दाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । कार्यालयले दिएको तनाव सहन नसकेर अघिल्लो वर्ष मैले विष पिउन परेको थियो ।

यस्तै, एक चालक हाकिमको श्रीमतीलाई नगरकोट घुम्न नलगिदिएको भन्दै दरबन्दी नै कटौती गरिदिँदा हर्ट अट्याकका कारण बित्नुभयो । ३० वर्ष काम गरिसक्नुभएकी, आमासमानलाई अपमानजनक ढंगबाट निश्कासन गरिएको छ । अहिले पनि संघमा १४ हजार कर्मचारी करार सेवाका छन् । स्थानीय तहमा ३५ हजार र प्रदेशमा ८ हजार छन् । ज्यालादारीतर्फ २ हजार गरी झण्डै ६० हजार कर्मचारी करारमै सेवा गर्दै छन् ।

कार्यालय सहयोगी, सवारी चालक, हल्कारा, मालीलगायत पदमा जीवनका ऊर्जाशील ३० औँ वर्ष बिताएर रित्तो हात बिदा गर्न जोड र होड चल्छ । मानौैं, यो देशको विकासका अवरोधक हुन् करारका कर्मचारी । नयाँ सरकारको निशाना यिनै कर्मचारी । बालेन सरकारले करारका कर्मचारी हटाएर ठेकेदारी प्रथाबाट नियुक्त गर्ने प्रक्रिया अगाडि बढायो । एक थुकी सुकी, हजार थुकी नदी । जब करारका कर्मचारीले सरकारी ज्यादतीविरुद्ध एक भएर दुई दिन सिंहदरबार केन्द्रित आन्दोलन गरे, कोही कसैले हल्लाउन नसकेको दुई तिहाइ बहुमत नजिकको बालेन सरकार झुक्न बाध्य भयो र आफ्नो योजनाबाट ब्याक भएको छ ।

स्थायी कर्मचारीले अनेकन सेवा र सुविधा पाउँदा करारले महँगी भत्तासमेत पाउन सकेका छैनन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले गत भदौमा स्थायी कर्मचारीलाई सरह पाँच हजार महँगी भत्ता दिन परमादेश जारी गरेको थियो तर हामीलाई यो सुविधाबाट वञ्चित गरियो ।

सर्वोच्च अदालतले ०७० माघ ९ गते अस्थायी, करार तथा ज्यालादारी कर्मचारीलाई राहत पुग्ने गरी सरकारको नाममा जारी गरेको निर्देशनात्मक आदेश र सोपछि मन्त्रिपरिषद्बाट २०७४ वैशाख २१ गते कानुन बनाई अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको माग संबोधन गर्ने निर्णयको खै कार्यान्वयन ? श्रम ऐनअनुसार २४० दिन काम गरेका कर्मचारीलाई स्थायी गर्ने कहिले ? करार सेवाका कर्मचारीको हकहितका लागि अनेकन कार्यविधि बन्छ तर उच्च प्रशासकहरूले पटक पटक कलम घुमाइदिने गरेको पाइएको छ । हरेक असार महिना लागेपछि दरबन्दी कटौतीदेखि कासमूको नाममा तर्साउने काम हुँदै छ ।

सरकार बन्नुअघि वैदेशिक रोजगारीमा गएका पाँच लाख युवालाई स्वदेश फर्काउने वाचापत्र लेख्नेहरू नै अहिले सरकारमा छन् तर खाइपाइ आएका पचासौं हजारको पेटमा किन लात्ती बजार्न खोज्दैछ सरकार ? के हाम्रोचाहिँ पेट छैन ? हाम्रा बालबच्चा छैनन् ?  कि गरिब, निमुखाहरूलाई यो देशमा बाँच्ने अधिकार छैन ? राज्यका नेता कस्तो हुनुपर्छ भन्ने कोही कसैले झलनाथ खनालबाट सिकोस् । उहाँसँग मेरो कुनै चिनजान सम्पर्क पनि होइन । आफ्नो दुःख बेसाएपछि भाञ्जा पर्ने व्यक्तिको विद्यालयमा भनिदिएर मेरा बच्चा निःशुल्क पढिरहेका छन्, अहिले पनि ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कस्ले बुझ्छ र हामी करारका कर्मचारीहरुको कहर ?

सुनसरीका दुई गाउँपालिकाका सबै क्षेत्रमा निषेधाज्ञा

नयाँ कार्यकारी निर्देशक डा. जितेन्द्र परियार आएपछि सिभिल अस्पतालमा सिस्टम डाउन, सेवाग्राहीलाई सास्ती

गणेश यादवको मृत्यु घटना छानबिन गर्न गृहले बनायो समिति,संयोजक तोकिए सहसचिव शाही

ओएनएमका नाममा अत्याचार : सब–इन्जिनियरहरुको गम्भीर ध्यानाकर्षण

सिँचाइ विभागमा सब–इन्जिनियरको दरबन्दी ६५ प्रतिशत कटौती, कर्मचारीको कडा आपत्ति

तीन सहसचिवले दिए राजीनामा

स्थायी कर्मचारीमाथि अविश्वास : पूर्वाधार मन्त्रीलाई २२ सल्लाहकारसहित ३९ जनाको सचिवालय प्रस्ताव

बिशेष