६७ साले व्याची अधिकृतहरुको पकडमा सामान्य प्रशासन

बालेन शाह क्याविनेटको बेष्ट फर्मेमेन्सर मिनिष्ट्ररको रुपमा परिचित मन्त्री प्रतिभा रावलको मन्त्रालय एउटै व्याची अधिकृतहरु जम्न थालेका छन् । निजामतीभित्र विगतमा भेगीय,जातीय प्रभुत्व देखिन्थ्यो । एउटै जात,क्षेत्र,भेगका कर्मचारीहरु भेला गरेर विगतमा हुने नहुने कामहरु भएका प्रशष्त उदारहण भेटिन्छन्,भूमि व्यवस्था सहकारी संघीय मामिला मन्त्रालयमा संस्थागत गर्ने प्रयास भइरहेको छ ।

बिज्ञापन

जस्तो : भिजिट भिषा प्रकरण मच्चदा गृहमा एउटै जिल्लाका कर्मचारीहरुको बोलबोला थियो । कुनै समय निजामतीमा हुलाक सेवाबाट आएकाहरुको प्रभुत्व जमाए । यस्तै बैकुण्ठ अर्याल मुख्यसचिव हुँदासम्म निजामतीमा ६० सालका लेखा अधिकृतहरुको एकछत्र राज चलेको थियो । ती मध्ये कतिपय अवकाशमा गइसकेका छन्,विगतको शक्तिशाली भूमिकाबाट आज करिब करिब भूमिका शून्य र कर्मचारी थन्काउने कार्यालयका रुपमा परिचित निकायहरुमा थन्काइएका छन् । यस्तै गृह प्रशासनमा दैलेखी हुँदा सोही जिल्लाका ९ जनाले एकै पटक सिडियो चलाएका विगत छ । यस्तै देखिएको छ अहिले भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हालैमात्र मन्त्रालयले २४ जना उपसचिवहरुको सरुवा गर्दा उर्जा जलश्रोत मन्त्रालयबाट पशुपति महतलाई एमाले, यस अघि रामेश्वर खनाल मन्त्री हुँदा उनका सचिवालयमा रहेका दीपक ढकाललाई काँग्रेसी ट्याग लगाउँदै जिसस काभ्रेमा खटाइएको छ । यस्तै हरिप्रसाद चापागाईलाई पूर्व एमालेको आरोप लगाउँदै मन्त्रालयबाट बाहिर पठाइएको छ ।

बिज्ञापन

रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा बसेर सघाएका गोकर्ण उपाध्यायलाई काँग्रेसीको लेप लगाउँदै लम्कीचुहामा खटाइएको छ । यस्तै,उपसचिवहरु निर्मला न्यौपाने,माधव प्रसाद ढकाल,लेखनाथ न्यौपाने,नेत्र पौडेल,महेन्द्र विक,अनुषा कोइराला,विवेक घिमिरेहरुलाई एमालेको लेपन लगाएर सरुवा गरिएको छ भने काँग्रेसी भएको आरोप लगाउँदै उत्तम घिमिरे,रमेश पाण्डेय,विगतमा बद्री पाण्डेको सचिवालयमा बसेका हिमाल गौतम र लिलाधर अवस्थिलाई सामान्यबाट लखेटिएको छ । यसरी सामान्य प्रशासन मन्त्रालयमा अब एउटै व्याची अधिकृतहरु भेला हुन पुगेका छन् ।

सामान्यमा शाखा अधिकृतदेखि उपसचिव,सहसचिवसम्म ६७ सालका शाखा अधिकृतहरु नै अहिले त्यहाँका हर्ताकर्ता बन्न पुगेका छन् । भेषराज खनाल,तुल्सी भट्टराई,मुक्ति सुवेदी,श्रीकृष्ण पौडेल,दिपेन्द्र रेग्मी र ढोलक ढकाल एकै व्याची हुन,६७ सालका अधिकृत । रोमाकान्त काफ्लेका भाइ हुन् होमनाथ काफ्ले उनलाई सहसचिव ढकालले नै ल्याएका हुन् । अमेरिकामा बसेर आए लगतै उनलाई पोस्टिङ समेत गरिसकेको छ।

बिज्ञापन

एउटा समूहको कब्जामा निजामती प्रशासन पुगेको कर्मचारीहरुले टिप्पणी गर्न थालेका छन् यस अघि ६० साले लेखा अधिकृतहरुको यस्तै प्रकारको सेटिङ्ग लामो समयसम्म चलेको थियो,निजामती प्रशासनमा ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

बिशेष