कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

रास्वपाको समानुपातिक सांसद विदूषी राणा तथा कुमारी बैंकका अध्यक्ष अमिर प्रतापजंग राणाविरुद्ध अदालतमा मुद्धा दायर भएको पाइएको छ । गोल्डस्टार स्ट्रायड लिमिटेडकी कार्यकारी निर्देशक विदूषी राणा समेतलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको पाइएको हो ।

बिज्ञापन

काठमाडौं महानगरपालिका–३० बस्ने अद्धैतप्रताप राणाले उनीसहितविरुद्ध अंश चलनको मुद्दा दायर गरेका हुन् । भदौ ११ गते काठमाडौं जिल्ला अदालतमा दायर मुद्दामा जानुकीकुमारी जबरा,किरण राणा, अमिरप्रताप राणा र विदुषीलाई विपक्षी बनाइएको छ ।
दर्ता नम्बर ०८३–सिपी–१६५० भएको मुद्दामा हालसम्म एकपटक पनि सुनुवाई भएको छैन । विदूषीले अमिरप्रताप राणासँग विवाह गरेकी थिइन्,दुई दशक अगाडि । २०५७ सालमा उनका ससुरा नूरप्रताप जंगबहादुर राणाले कुमारी बैंक सुरु गरेपछि विदुषीले त्यहीँ मार्केटिङ तथा ब्रान्ड म्यानेजरका रूपमा आफ्नो करिअर प्रारम्भ गरेकी हुन । ८ वर्ष काम गरेर ब्रान्च म्यानेजरसमेत भएर काम गरेकी राणाकै बैंकका सञ्चालक समिति सदस्य नै अहिले कर्मचारी सञ्चयकोषको प्रशासक नियुक्ति पाइसकेका छन् । काका अमिरप्रताप र काकी विदुषी राणाबाट पीडित भएको भन्दै उनै अद्धैत प्रताप भदौं दोश्रो साता अदालत पुगेका हुन । काठमाडौं जिल्ला अदालतमा ०८३ साल भदौ ११ गते दायर भएको फिरादपत्रले स्थापित राणा परिवारभित्रको सम्पत्तिको विवाद अदालत प्रवेश गरेको हो । मुद्दामा हालसम्म एकपटक पनि सुनुवाई भएको छैन ।

बिज्ञापन

अद्धैतले गोल्डस्टारको व्यवसायिक साम्राज्य र सम्पत्ति नियन्त्रणमा लिएर आफूलाई सेयरबाट वञ्चित गराएको आरोप लगाएका छन् । अमेरिकी सेनामा एक दशक बिताएका अद्वैतले रास्वपाको सांसदसमेत रहेकी विदुषी राणालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्धा दाष्र गरेका हुन् । उनले आफ्नै काका तथा कुमारी बैंकका अध्यक्ष अमिरप्रताप राणा, काकी तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सांसद विदुषी राणालगायतविरुद्ध अंशचलन मुद्दा दायर गरेका हुन् ।
माननीय बिदुषीले भने ३० बर्षअगाडि नै सल्टिएको घर झगडा बेकार उछालिएको बताएकी छन् ।

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

बिज्ञापन

अदालतबाट ‘अयोग्य’ ठहर भएका सिइओको पक्षमा रास्वपाको माननीय

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७२ कम्युटर अपरेटरहरुको सरुवा : १८ लाई गृह,२२ भूमि व्यवस्था तथा अभिलेख विभाग

अन्तर्वार्ताको सूचीबाट हटाइए उपसचिवका तीन उमेद्धार

कुमारी बैंकका अध्यक्ष र माननीय विदूषीविरुद्ध अंश मुद्धा दायर

२५ उपसचिवको सरुवा : १३ लाई प्रमुख प्रशासकीय अधिकृत,पाँच भित्रिए सिंहदरबार

२५ उपसचिवको सरुवा, अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

सचिव बढुवाका लागि सहसचिव कुँवरको एकल नाम सिफारिस

जासुसको सर्टिफिकेट नै नक्कली,अख्तियारले हाल्यो मुद्धा

प्रशासनिक संयन्त्रप्रति मन्त्रीको आक्रोश : ‘कर्मचारीले मलाई टेरेनन्, केही गर्न सकिन’

बिशेष