सरकारका पछिल्ला नियुक्तिहरुमा कुमारी र सानिमा बैंककाहरुले प्रथामिकता पाउन थालेका छन् । विगतमा विशाल ग्रुपहरुले केपी ओलीको सत्ता चलाउने गरेकोमा अहिले सानिमा र कुमारी समूह हाबी हुने गरेको देखिएको छ । यस अघि धितोपत्र वोर्डको अध्यक्षमा सानिमा बैंकको लगानी सफल भएको थियो । धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गोपाल प्रसाद भट्टलाई नियुक्ति गरिएको थियो । जहाँ आवेदन दिने ४७ जनाको नाम गुपचुप राखेर डा भट्टलाई नियुक्ति दिएकै शैलीमा कर्मचारी सञ्चयकोषमा समेत कुमारी बैंकका सञ्चालकलाई नियुक्ति दिइएको छ ।
बिज्ञापन
धितोपत्र वोर्डको सिफारिस समिति मध्यमा भुवन दाहाल कुनै समय सानिमा बैंकको सिइओ रहेका थिए । सानिमा बैंक समूहको जोडबलमा अर्थमन्त्री र गभर्नरको रोजाइमा परेका डा. भट्ट अध्यक्ष बन्न पुगेको चर्चा वित्तिय क्षेत्रमा भइरहेको छ । गत वर्ष जेठमा गभर्नर भएका पौडेलले वित्तीय क्षेत्रको अध्ययन गर्ने भन्दै गठन गरेको एउटा टोलीमा सदस्य पनि बनाइदिएका थिए । अहिले धितोपत्र वोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिमा उनैलाई रोज्नुको पछाडि सानिमा बैंकको कनेक्सन भएको चर्चा वित्तिय क्षेत्रमा सुन्न पाइन्छ । हालका गभर्नर पौडेल पहिले दाहाल सिइओ हुँदा सानिमा बैंकको सञ्चालक थिए । उनको सम्पत्ति विवरणमा सबैभन्दा बढी हाइड्रोदेखि अन्य कम्पनीमा लगानी देखाइएको छ । सानिमा बैंकमा अर्थमन्त्री वाग्लेको लगानी रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणले देखिन्छ । यस हिसाबले धितोपत्र वोर्डमा सानिमा बैंक समूह हाबी हुँदा कर्मचारी संचयकोषको प्रशासकमा कुमारी बैंकको समूह हाबी भएको छ ।
बिज्ञापन
कर्मचारी सञ्चय कोषको रिक्त प्रशासकका लागि गत असार ८ गते विज्ञापन भएको थियो । उक्त विज्ञापनका आधारमा कोषमै कार्यरत ११ जना कर्मचारीले आवेदन दिएका थिए । अर्थ मन्त्रालयले असार १३ गते पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । साउन १८ र १९ गते उनीहरूको अन्तर्वार्ता सम्पन्न गरेको थियो । जसमध्ये जीवनकुमार कटुवाल, भरतराज वस्ती, विजयकुमार श्रेष्ठ, दामोदरप्रसाद सुवेदी र सागरकुमार सिंह सिफारिसमा परेका थिए । कोषको प्रशासक छनोट समितिले गएको साउन १३ गते नै जीवनकुमार कटुवाल, भरतराज अवस्थी र बिजयकुमार श्रेष्ठको नाम संक्षिप्त सूची सार्वजनिक भएको थियो । तर प्रधानमन्त्री कार्यालयले पहिलो नम्बरमा सिफारिस भएका कटुवालको अवकाशको मितिसम्म नियुक्ति अड्काएर श्रेष्ठलाई नियुक्त गरेको हो ।
महिना दिन अघि नै तीन जनाको नाम सर्टलिष्ट गरी छनोट समितिले सिफारिस गरेको भए पनि लामो समय होल्ड गरेर निमित्त प्रशासक जीवनकुमार कटुवाल भदौ १ मा अवकाश हुनासाथ बिजयकुमार श्रेष्ठलाई प्रशासकमा नियुक्त गरेको छ । यसरी यो नियुक्तिमा कुमारी बैंक हाबी भएको छ । श्रेष्ठ कुमारी बैंकका सञ्चालक समिति सदस्यका अलवा कोषको प्रशासक समेत हुन । उनको नियुक्ति लगतै कुमारी बैंकले बधाइ समेत दियो तर पछि आलोचना भए सँगै सो बधाइ नै कुमारी बैंकले हटाएको थियो । उसो त पछिल्लो समय विदूषी राणालाई छायाँ अर्थमन्त्रीको रुपमा हेर्ने गरिएको छ । कुमारी बैंकका अध्यक्ष बिदूषीका श्रीमान अमीरप्रताप जंगबहादुर राणा हुन् । सोही जोडबलमा कर्मचारी संचयकोषमा पहिलो नम्बरमा सिफारिस भएका कटुवालको नियुक्ति अड्काएर बिजयकुमारलाई भएको बताइन्छ




























