विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

  मुलुकको राजनीति आमूल परिवर्तन भयो तर प्रशासन संयन्त्रमा अझैं उस्तै विकृती र बिसंगतीहरु छन् ।
त्यही विकृती र बिसंगतीको चित्र देख्न पाइन्छ,प्रधानमन्त्री वालेन शाहको विश्वासिला पात्र सुनिल लम्सालले सम्हालिरहेको शहरी विकास मन्त्रालयमा । सो मन्त्रालयका सचिव गोपाल सिग्देल कार्यरत रहेका छन् । उनलाई भौतिकका सचिव केशव शर्मा विडारी अवकाशमा गएसँगै सो मन्त्रालयको समेत अतिरिक्त जिम्मेवारी दिएका छन् । उनै शर्मा र मन्त्रालयको सहसचिव नारायण मैनालीबीच मतभेत उत्कर्षमा पुगेको शहरीका कर्मचारीहरुले बताएका छन् । मैनाली सो मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख तथा प्रवक्ता समेत हुन ।

बिज्ञापन

कर्मचारीहरुका अनुसार शहरी विभागको कर्मचारी प्रशासन महाशाखामा एक जना कर्मचारी पठाउने बिषयमा सचिव र सहसचिवबीच विवाद चुलिएको हो । यस अघि सो मन्त्रालयको कप्र महाशाखाका उपसचिव रामप्रसाद आचार्य कार्यरत थिए । उनी सरुवा भएसँगै त्यहाँ पठाउने उपसचिवको बिषयमा सचिव र सहसचिवबीच मतभेद शुरु भएको शहरीका कर्मचारीहरुले जनाएका छन् ।

बिज्ञापन

सचिव सिग्देलले मन्त्रालयकै कर्मचारी प्रशासन महाशाखामा कार्यरत रहेका उपसचिव बैकुण्ठ उपाध्यायलाई शहरी विकास तथा भवन निर्माण विभागको कर्मचारी प्रशासन महाशाखामा खटाउन खोजेका छन् भने सचिवले मन्त्रालयकै आन्तरिक व्यवस्थापन तथा गुनासो व्यवस्थापन अधिकारीको भूमिकामा रहेकी इन्दिरा थापालाई विभागमा पठाउन खोज्दा सचिव र सहसचिवबीच मतभेद शुरु भएको हो ।

विभाग मातहत उपत्याकाभित्र र उपत्याकामा गरी २८ वटा कार्यालय सञ्चालनमा रहेका छन् । उपत्याकामा ६ वटा र उपत्याका बाहिरमात्र २२ वटा कार्यालयहरु छन् । कर्मचारी प्रशासनको काम कर्मचारी सरुवासँग समेत सम्बन्धित हुने हुँदा सचिवले आफू निकटका बैकुण्ठलाई खटाउन खोजेका छन् । बैकुण्ठ ७५ सालदेखि शहरी र भौतिक लगायतका प्राविधिक मन्त्रालय घुमिरहेका कर्मचारी हुन । सचिव सिग्देलले उनै उपाध्यायलाई भवन विभागमा खटाउन खोजिरहेका छन् तर सहसचिव मैनालीले इन्दिरालाई त्यहाँ खटाउन खोजेका हुन । यो बिषयमा कर्मचारी प्रेसले सहसचिव नारायण मैनालीसँग जिज्ञासा राख्दा  ‘विभाग रिक्त नराखौं भन्ने उदेश्यले उपसचिव खटाउन खोजिएको तर कुनै निर्णय नभएको बताए । उनले सचिवको उपसचिव को हो ? सहसचिवको उपसचिव को हो भन्ने कुरा आफूलाई थाहा नभएको’ प्रतिक्रिया दिए ।

बिज्ञापन

भवन विभागका महानिर्देशकको कुर्सीमा उनै सचिव सिग्देलको जोडबलमा रविन्द्र बोहरा महानिर्देशकको कुर्सीमा छन् । जस्को कार्यसम्पादनप्रति पूर्व मन्त्री कुमार इङनामले सार्वजनिक रुपमा तीतो पोखेका थिए । सोही विभागमा सचिवले आफू निकटका उपसचिवलाई पठाउन खोज्ने र मन्त्रालयका कप्र हेर्दै आएका सहसचिवले अर्काे कर्मचारी पठाउन खोज्दा सचिव र सहसचिवबीच तित्तता शुरु भएको मन्त्रालय स्रोतले जनाएको छ ।

सरुवामा शहरी मन्त्रालयमा उपसचिव उपाध्यायको कमिसन खेल

अकुत सम्पत्तिको आरोपले घेरिएका सचिव सिग्देल : ओम अस्पतालदेखि सरकारी जग्गासम्म विवादै विवाद

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

रङ फेर्दै सत्ता नजिक : विवादित सचिव सिग्देल भौतिक मन्त्रालय ताक्दै

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

बिशेष