अकुत सम्पत्तिको आरोपले घेरिएका सचिव सिग्देल : ओम अस्पतालदेखि सरकारी जग्गासम्म विवादै विवाद

नेपालको प्रशासनिक संयन्त्रमा प्राविधिक सचिव गोपाल सिग्देल लामो समयदेखि विवाद र आरोपको घेरामा छन्। सामान्यतया सरकारी कर्मचारी आर्थिक अभावका कारण तनावमा रहने चर्चा सुनिन्छ, तर सचिव सिग्देलको हकमा भने कथा उल्टो सुनिन्छ—अकुत सम्पत्ति आर्जनको आरोप र त्यसको स्रोत लुकाउने चिन्ताले उनी स्वयं तनावमा रहेको चर्चा सरकारी वृत्तमा व्यापक छ। बिज्ञापन