विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

नेपालको प्रशासनिक संयन्त्रमा लामो समयदेखि विवादको केन्द्रमा रहेका प्राविधिक सचिव गोपालप्रसाद सिग्देल यतिबेला फेरि अर्को शक्तिशाली मन्त्रालयतर्फ लक्षित दौडधुपमा सक्रिय भएको चर्चा सरकारी वृत्तमा व्यापक रूपमा चलिरहेको छ। सहरी विकास मन्त्रालयमा  लामो समयदेखि तर मारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रवेश गर्नका लागि राजनीतिक र प्रशासनिक दुवै तहमा सक्रिय लबिङ गरिरहेको स्रोतहरू बताउँछन्। बिज्ञापन