विश्वव्यापी सञ्जालमा बढाउँदै बीवाईडी, उबरमा एक लाख कार सामेल हुँदै

चर्चित राइड सेयरिङ प्लेटफर्म उबरले आफ्नो फ्लिट सर्भिसमा एक लाख युनिट बीवाईडी कार सामेल गर्ने भएको छ ।युरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा एक लाख कार प्रयोग गर्न उबरले बीवाईडीसँग सम्झौता गरेको हो ।

बिज्ञापन

उबर ड्राइभरलाई विशेष मूल्यमा बीवाईडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिन समेत दुई कम्पनीबीचत सम्झौता भएको छ ।यसका साथै दुवै कम्पनीले भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने सहमति समेत गरेका छन् । उबर प्लेटफर्मका लागि उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रविधिका कार विकास गर्ने सम्झौतामा उल्लेख छ ।

बिज्ञापन

चिनियाँ ब्रान्डका ईभीविरुद्ध युरोप र अमेरिकामा उच्च कर तोकिएका बेला यो सम्झौतालाई विशेष रुपमा हेरिएको कम्पनीको भनाइ छ ।यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय मिडियाले टिप्पणी गरेको कम्पनीको दाबी छ ।

कम्पनीले मध्य पश्चिम, क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गर्ने जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु

‘घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ’

करोडौ राजश्व छलीमा मुछिए अग्रवाल,भन्सारले काट्यो पत्र

एमाले महाधिवेशनका लागि मालपोत प्रमुखले ५१ हजार चन्दा दिएका हुन ?

नागरिकताबाट वञ्चित आमा–छोरीको मृत्यु प्रकरण : छानबिन समिति स्थलगत अध्ययनमा

खोटाङ अस्पतालमा १० करोड बजेट छुट्टाएर अनुकुलको निमित्त मेसु लैजाँदै मन्त्री राई

सरकारको निर्णयविरुद्ध अदालत गएका दुई डिएफओ निर्देशनालय तानिए

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, एसपी भट्ट पनि सोधपुछमा

बिशेष