विश्वव्यापी सञ्जालमा बढाउँदै बीवाईडी, उबरमा एक लाख कार सामेल हुँदै

चर्चित राइड सेयरिङ प्लेटफर्म उबरले आफ्नो फ्लिट सर्भिसमा एक लाख युनिट बीवाईडी कार सामेल गर्ने भएको छ ।युरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा एक लाख कार प्रयोग गर्न उबरले बीवाईडीसँग सम्झौता गरेको हो ।

बिज्ञापन

उबर ड्राइभरलाई विशेष मूल्यमा बीवाईडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिन समेत दुई कम्पनीबीचत सम्झौता भएको छ ।यसका साथै दुवै कम्पनीले भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने सहमति समेत गरेका छन् । उबर प्लेटफर्मका लागि उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रविधिका कार विकास गर्ने सम्झौतामा उल्लेख छ ।

बिज्ञापन

चिनियाँ ब्रान्डका ईभीविरुद्ध युरोप र अमेरिकामा उच्च कर तोकिएका बेला यो सम्झौतालाई विशेष रुपमा हेरिएको कम्पनीको भनाइ छ ।यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय मिडियाले टिप्पणी गरेको कम्पनीको दाबी छ ।

कम्पनीले मध्य पश्चिम, क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गर्ने जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

कुन सेवामा कति दरबन्दी कटौती ?

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

बिशेष