मन्त्री र सचिवले नै देखेनन् उच्च अदालतको आदेश

कृषि सामग्री कम्पनी लिमिटेडको सञ्चालक समितिको प्रबन्ध सञ्चालकमा विष्णुप्रसाद पोखरेललाई नियुक्त गर्दा उच्च अदालतको अन्तरिम आदेश मिचिएको छ ।
गत माघ १८ गते बसेको बैठकले पोखरेललाई दिएको नियुक्ति कार्यान्वयन नगर्न फागुन ६ गते उच्च अदालत पाटनबाट अन्तरिम आदेश जारी भएको थियो । आदेश जारी भएकै अवस्थामा ९ गते बसेको बैठकले पोखरेललाई नियुक्ति गरेको छ । पोखरेलको योग्यता र आचरणलाई लिएर अदालतमा प्रश्न उठेको थियो ।

बिज्ञापन

माघ १८ गते बसेको बैठकले पोखरेललाई त्यसरी नियुक्त गरेपछि रामचन्द्र ढकालले रिट दर्ता गरेका थिए । समितिका अध्यक्ष सवनम सिवाकोटी, सदस्यहरू चिया तथा कफी विकास बोर्डका निर्देशक विष्णु भट्टराई र अर्थ मन्त्रालयका सह–सचिव संलग्न बैठकले पोखरेललाई नियुक्त गरेको हो । बैठकमा अर्थका सहसचिव जनक शर्मा भने अनुपस्थित रहेको जनाइएको छ ।
अदालतको आदेश जारी रहेकै अवस्थामा मल खरिदका लागि गठित कमिटीमा रहेर पोखरेलसहितको बैठकबाट अघिल्लो साताको बुधवार २ बुँदे निर्णयसमेत भइसकेको छ । भारतबाट मल खरिदका लागि भएको उक्त निर्णयको वैधानिकतामा समेत प्रश्न उठ्ने अवस्था आएको छ । कृषिमन्त्री बेदुराम भुसाल र सचिव डा.गोविन्द आचार्य पोखरेलको नियुक्ति प्रकरणमा जोडिए पनि अदालतको आदेशबारे मौन देखिएका छन्् । यता, रिट निवेदक ढकाल भने अन्तरिम आदेश बेवारिसे पारिएको भन्दै अवहेलना मुद्दा लिएर पुनः उच्च अदालत जाने तयारीमा रहेको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

National Security Council reviews India-Pakistan latest developments

कासमूको सक्कल पठाइदिन सामान्यको परिपत्र

बिशेष