बर्ताैलाको निरन्तर छलाङ

नेकपा एमालेका युवा नेता महेश बर्ताैलाले पार्टी राजनीतिमा निरन्तर छलाङ हानिरहेका छन् । एमाले पार्टी फुटेर कसैलाई फाइदा भयो भने ती हुन्– महेश बर्तौला । पार्टी नफुटेको हुँदो त, न महेशले टिकट पाउने थिए, न त आफ्नो राजनीतिक गुरु विरोध खतिवडालाई हराउने अवसर नै मिल्ने थियो । हेभिवेट विरोधलाई हराएर संघीय सांसद भएका बर्तौला चार दशकअघि भीमफेदी गाउँपालिकामा जन्मिएका हुन् ।

बिज्ञापन

०५३ सालमा कालिका माध्यमिक विद्यालय नामटारबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले २२ वर्ष अखिलको राजनीति गर्दा नबसेको र काम नगरेको कुनै कमिटी छैन । ०५४ सालमा इलाका कमिटी हुँदै ०५६ मा मकवानपुर जिल्ला कमिटीको सदस्य, ०५८ सालमा सचिव हुँदै वि।सं। ०६३ सालमा नारायणी अञ्चल कमिटीको सदस्य भएर काम गरे । ०६० सालको स्ववियु निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसको सदस्य चलाए । ०६२ र ०६५ मा सभापति भए । ०६५ सालमा केन्द्रीय सदस्य निर्वाचित भएका उनी सचिवालय सदस्य हुँदै सचिव, उपाध्यक्ष र कार्यवाहक अध्यक्षमा उक्लिए । राजनीतिशास्त्रमा एमबिएस, एमए गरेका उनी लाइसेन्सप्राप्त अधिवक्ता हुन् ।

बिज्ञापन

यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका बर्ताैला नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छ्न् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ, मोबाइल र कागजात पनि बरामद

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ

निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

बिशेष