हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

काठमाडौं। हेटौंडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालयले ‘वान वे’ रुट सञ्चालनमा ल्याएको छ। जिल्ला प्रशासन कार्यालयले साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक रुट प्रयोग गर्नुपर्ने व्यवस्था गर्दै आज (मंगलबार)देखि कार्यान्वयनमा ल्याएको हो।
प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं आउने छन्। काठमाडौंबाट हेटौंडा जाने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै जाने गरी तय गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं आउँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति लोकपथमार्फत फर्किनुपर्नेछ।
मुग्लिन– काठमाडौं सडकको धादिङ खण्डस्थित कृष्णभीरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। जसका कारण हेटौंडा हुँदै आवतजावत गर्ने सवारीको चाप बढेको छ। त्यसैलाई व्यवस्थापन गर्न प्रशासनले वैकल्पिक सडकमा सवारीसाधन चलाउँदा एकतर्फी (वान वे)को व्यवस्था गरेको हो। यसले जाम हटाउने अपेक्षा गरिएको छ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

बिशेष