बर्ताैलाको निरन्तर छलाङ

नेकपा एमालेका युवा नेता महेश बर्ताैलाले पार्टी राजनीतिमा निरन्तर छलाङ हानिरहेका छन् । एमाले पार्टी फुटेर कसैलाई फाइदा भयो भने ती हुन्– महेश बर्तौला । पार्टी नफुटेको हुँदो त, न महेशले टिकट पाउने थिए, न त आफ्नो राजनीतिक गुरु विरोध खतिवडालाई हराउने अवसर नै मिल्ने थियो । हेभिवेट विरोधलाई हराएर संघीय सांसद भएका बर्तौला चार दशकअघि भीमफेदी गाउँपालिकामा जन्मिएका हुन् ।

बिज्ञापन

०५३ सालमा कालिका माध्यमिक विद्यालय नामटारबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले २२ वर्ष अखिलको राजनीति गर्दा नबसेको र काम नगरेको कुनै कमिटी छैन । ०५४ सालमा इलाका कमिटी हुँदै ०५६ मा मकवानपुर जिल्ला कमिटीको सदस्य, ०५८ सालमा सचिव हुँदै वि।सं। ०६३ सालमा नारायणी अञ्चल कमिटीको सदस्य भएर काम गरे । ०६० सालको स्ववियु निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसको सदस्य चलाए । ०६२ र ०६५ मा सभापति भए । ०६५ सालमा केन्द्रीय सदस्य निर्वाचित भएका उनी सचिवालय सदस्य हुँदै सचिव, उपाध्यक्ष र कार्यवाहक अध्यक्षमा उक्लिए । राजनीतिशास्त्रमा एमबिएस, एमए गरेका उनी लाइसेन्सप्राप्त अधिवक्ता हुन् ।

बिज्ञापन

यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका बर्ताैला नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छ्न् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

बिशेष