भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

भदौ १० गते नेपाल–चीन सीमा नजिकै गएको हिमपहिरो र त्यसपछिको बाढीका कारण करिब १६ लाख मानिस प्रभावित भएका छन् । बाढीपहिरोमा परी हालसम्म ९८७ जनाको मृत्यु पुष्टि भएको राष्ट्रिय विपद् प्राधिकरणले जनाएको छ। हालसम्म चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोर्खामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको जनाइएको छ । यसरी मृत्यु भएकामा दर्जनौं कर्मचारी रहेका छन् । हालसम्म रसुवाको टिमुरेस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, क्वारेन्टाइन कार्यालयमा खरिदार पदमा कार्यरत सल्यान निवासी आयुष खड्का, टिमुरेस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत यादव भण्डारी,महिना दिन अगाडिमात्र रसुवा भन्सारमा पुगेका नहकुल सुवेदी लगायतका कर्मचारीहरुको मृत्यु भएको छ । यस्तै माइकिङ गर्न पुगेका उत्तरगया गाउँपालिकाका आइटी इञ्जिनियर जनक आचार्य मृत्यु भइसकेको पृष्टि भएको छ ।

बिज्ञापन

देशका ६२ जिल्लाबाट जम्मा ३,९१६ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ। बेपत्ता हुनेमध्ये ६२ प्रतिशत स्वदेशी पर्यटक तथा नेपालीसहितको समूह, १७ प्रतिशत सरकारी निकायका कर्मचारी र १५ प्रतिशत विदेशी नागरिक रहेका छन्।

बिज्ञापन

भोटेकोशी प्रलयमा परी ४५ जना सरकारी कर्मचारीसहित १६० जना राष्ट्रसेवक बेपत्ता भएको प्रारम्भिक विवरण भूमिव्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रारम्भिक विवरणअनुसार बेपत्ता राष्ट्रसेवकमा १४ शिक्षक, ८ जनप्रतिनिधि, ४५ नेपाली सेना, ३५ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी रहेका छन्।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

बिशेष