उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

विपद् व्यवस्थापनमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव एवं नेपाल सरकारका सहसचिव कोषहरि निरौलालाई गरेको सरुवाले प्रशासनिक वृत्तमा नयाँ बहस जन्माएको छ ।
गत शनिवारमात्र निरौलाले फेसबुकमा ‘फोकटको सल्लाह’ भन्दै सरकारलाई लामो सुझाव दिएका थिए । कोभिडकालमा मोरङको प्रमुख जिल्ला अधिकारी रहँदा आफ्नो टिमले शव व्यवस्थापनबारे गरेको कामको फेहरिस्त राख्दै धर्म, परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने र शव गाड्नु नहुने तर्क राखेका थिए । यसरी सामाजिक सञ्जालमा विचार राखेकै भोलिपल्ट काजमा सरुवा रसुवा सरुवा गरिएको हो । २०७२ को भुइँचालोमा नुवाकोट र २०७७ को कोभिड १९ महामारीताका मोरङमा सिडिओ रहेका समयमा गरेको कामको अनुभव सामाजिक सञ्जालमा लेखेपछि सरकारले बिदाको दिन समेत नभनी उनको आकस्मिक सरुवा गरेको छ ।

बिज्ञापन

हाल कोशी प्रदेश सचिव कोषहरि निरौलालाई संघीय सरकारले शव व्यवस्थापनका लागि भन्दै रसुवाको टिमुरे खटाइएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उनलाई टिमुरे खटाउने निर्णय गरेको हो ।

बिज्ञापन

मन्त्रालयले विपद्का बेला पूर्ण क्षमतामा जनशक्ति परिचालन भइरहेको र गृह प्रशासन तथा विपद् व्यवस्थापनमा अनुभवी कर्मचारी आवश्यक रहेको कारण देखाएको छ । तर, पत्रमा निरौलाको विशेष जिम्मेवारी, अधिकार, पद वा स्पष्ट कार्यादेश भने के हुने हो भन्ने विषय प्रस्ट देखिँदैन । उनको तलब तथा भत्ता भने कोशी प्रदेशकै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट भुक्तानी हुने र जिल्ला प्रशासन कार्यालय रसुवालाई सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्ने भनिएको छ । १० महिनादेखि प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रदेश सचिवका रुपमा कार्यरत निरौला २०७७ साउन १८ देखि २०७८ असोजसम्म मोरङको सिडिओ थिए । रसुवामा उपसचिव प्रमुख जिल्ला अधिकारी हुन्छन् । त्यहाँ उपसचिव नरेन्द्र परियार प्रमुख जिल्ला अधिकारी छन् । उनै मातहत रहने गरी सहसचिव निरौलालाई मानव अवशेष नै नामेट भएको रसुवागढीमा खटाइएको हो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष