एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा हाजिर भएको एक महिना पनि नपुग्दै भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका भन्सार अधिकृत नकुल शर्मा मृत अवस्थामा फेला परेका छन्।

बिज्ञापन

बाढीपछि सम्पर्कविहीन बनेका शर्माको शव त्रिशूली नदीको किनारमा गोरखातर्फ फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।शर्मा करिब एक महिनाअघि मात्रै टिमुरेस्थित भन्सार कार्यालयमा हाजिर भएका थिए। भोटेकोशीमा आएको बाढीपछि उनी सम्पर्कविहीन भएका थिए।

बिज्ञापन

हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय शर्माको शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि परिवारले उनको शव बुझेका छन्।
भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदी हुँदै बगेर आएका शवमध्ये गोरखातर्फ पर्ने नदी तटीय क्षेत्रमा मात्रै अहिलेसम्म ६५ जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ।

बाढीपछि हराइरहेका व्यक्तिको खोजी तथा नदी तटीय क्षेत्रमा शव पहिचान गर्ने क्रम जारी छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

बिशेष