मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो इतिहास । मान्छेले सबै चिज भुल्न सक्छ तर कदापी पनि भुल्न सक्दैन आफ्नो विगत । सरकारी सेवामा प्रवेश गर्ने हर कोहीको रहर हुन्छ तर सबै रहर कहाँ पूरा हुन्छन् र ?
बिज्ञापन
अक्सर हामी जीवनमा एक दुईवटा असफलता हात लागेपछि मोड्छौ जीवनको बाटो तर सम्भवनाको एउटा द्धार भए पनि खुल्ला हुन्छन,अरु तीन द्धार । हो त्यही सकरात्मक चिन्तन,इमान र निरन्तर लगावले खर्जनौं पटक लोकसेवाका परीक्षामा असफलता बेहोरेका अकित राज कर्ण, २७ पटकका अनेकन परीक्षाहरुमा सामेल हुँदा २३ परीक्षामा असफल बेहोरेका युवा हुन जो हालैमात्र सरकारी सिन्दुर लगाउन सफल भएका छन् । चार बर्ष लामो लोकसेवाको युद्धलाई जितेर आफू सरकारी सिन्दुर लगाउन सफल भएको बताएका छन् ।
बिज्ञापन
हालैमात्र कर्ण गण्डकी प्रदेशमा प्रशासन पाँचौं तहमा सिफारिस भएका छन् । यस अघि मधेश प्रदेश,बागमती,गण्डकी,लुम्बिनी प्रदेशका लोकसेवाका विज्ञापनदेखि ,सिटिइभिटिइ,नेपाल विद्युत प्राधिकरण,राष्ट्रिय अनुसन्धान विभाग,राष्ट्रिय परीक्षा बोर्ड,त्रिवि सेवा आयोगसम्मका परीक्षाहरुमा भिडे । यस्तै संघीय नायब सुब्बाको कतै प्रथम पत्र त विभिन्न ६ वटा परीक्षाहरुमा सहभागी भए तर असफल भए ।कोशी प्रदेश लोकसेवा आयोगका ६,मधेश प्रदेश लोकसेवा आयोगले खोलेका २ वटा विज्ञापनमा भाग लिएका कर्णले यही अवधिमा गण्डकी प्रदेश लोकसेवा आयोगले खोलेका तीन,लुम्बिनी प्रदेशका दुई र बागमती प्रदेशका एउटा विज्ञापनमार्फत सरकारी सेवामा प्रवेश गर्ने प्रयास गरे । कुनै लिखित परीक्षा,कतै प्रथम पत्रमा असफल भएर फालिएका उनले हिम्मत हारेनन् । यस्तै,०८१ /८२ नायब सुब्बाको लिखित पत्र असफल भएका उनले ८१ /८२ को खरिदारको लिखित पत्र असफल असफलता हात लाग्यो ।
भन्छन निरन्तरको नदीको बहावले ठूल्ठूला चट्टान त पगाल्न सकिन्छ । उसै गरी निरन्तर प्रयास गरेको खण्डमा नहुने र नमिल्ने केही छैन । मनमा सकरात्मक उर्जा लिएर लगतार प्रयास गरिरहें । २८ पटकसम्मका प्रयासमा असफल भएका कर्ण मंगला गाउँपालिका,स्थानीय प्रशासन (पाँचौं)बाट आफ्नो सरकारी सेवाको यात्रा प्रारम्भ गरेका हुन ।
बिज्ञापन
लोकसेवा आयोग {संघ}
२०७९/८० नायब सुब्बा : प्रथम पत्र असफल
२०८०/८१ नायब सुब्बा : लिखित पत्र असफल
२०८१/८२ नायब सुब्बा : प्रथम पत्र असफल
२०८१/८२ खरिदार : लिखित पत्र असफल
२०८२/८३ Pre-Test : सफल
२०८२/८३ नायब सुब्बा : प्रथम पत्र सफल, लिखित पत्र नदिएको
कोशी प्रदेश लोकसेवा आयोग
२०७९/८० सहायक पाँचौँ : लिखित पत्र असफल
२०७९/८० सहायक चौँथो : प्रथम पत्र असफल
२०८०/८१ सहायक पाँचौँ : लिखित पत्र असफल
२०८१/८२ नायब सुब्बा : लिखित पत्र असफल
२०८१/८२ खरिदार : लिखित पत्र असफल
२०८२/८३ नायब सुब्बा : Mark ३ न. बढी तर सिफारिस नभएको
मधेश प्रदेश लोकसेवा आयोग
२०८१/८२ सहायक पाँचौं : लिखित पत्र असफल
२०८२/८२ सहायक पाँचौं : वैकल्पिक १ नम्बर
बागमती प्रदेश लोकसेवा आयोग
२०८२/८३ वरिष्ठ सहायक पाँचौं : प्रथम पत्र सफल, लिखित पत्र नदिएको
गण्डकी प्रदेश लोकसेवा आयोग
२०८०/८१ वरिष्ठ सहायक पाँचौं : प्रथम पत्र असफल
२०८१/८२ वरिष्ठ सहायक पाँचौं : प्रथम पत्र असफल
२०८२/८३ वरिष्ठ सहायक पाँचौं : {म्याग्दीमा सिफारिस}
लुम्बिनी प्रदेश लोकसेवा आयोग
२०७९/८० सहायक चौँथो : प्रथम पत्र सफल, लिखित पत्र नदिएको
२०८०/८१ सहायक पाँचौं : लिखित पत्र असफल
नेपाल विद्युत प्राधिकरण
२०७९/८० मिटररिडिङ्ग सुपरभाईजर : असफल
२०८१/८२ मिटररिडिङ्ग सुपरभाईजर : असफल
राष्ट्रिय अनुसन्धान विभाग
२०७९/८० अनुसन्धान सहायक : प्रथम पत्र सफल, लिखित पत्र नदिएको
२०८०/८१ सहायक सूचक : लिखित पत्र असफल
राष्ट्रिय परिक्षा बोर्ड
२०७९/८० सहायक प्रथम : असफल
CTEVT
२०८०/८१ सहायक प्रथम : असफल
त्रिभुवन विश्वविद्यालय सेवा आयोग
२०८१/८२ मुख्य कार्यालय सहायक : {अन्तरवार्ता बाँकी}




























