निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

सरकारले यस वर्ष मनाउन लागेको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ। निजामती सेवा दिवस मूल समारोह समितिका अध्यक्ष मुख्य सचिवको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

बिज्ञापन

गत भदौ १० गते बिहान नेपाल–चीन सीमाक्षेत्र रसुवागढीमा आएको भीषण बाढीका कारण उत्पन्न विषम परिस्थितिमा सम्पूर्ण राज्य नै शोकको अवस्थामा छ। राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरू खोज, उद्धार, राहत लगायतका विपद् व्यवस्थापनको काममा निरन्तर खटिरहेका छन्।

बिज्ञापन

यही स्थितिलाई ध्यानमा राख्दै भदौ ५ गतेको निर्णयअनुसार भदौ २२ गते मनाउन लागिएको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्द गरिएको हो।

दिवस मनाउनका लागि विनियोजित बजेट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयसँग समन्वय गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष