बचतकर्ताको ६ अर्ब अपचलन गरेको आरोपमा लालिगुराँस सहकारीका सीइओ पक्राउ

प्रहरीले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सीइओ सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सीइओ रहेका भण्डारीलाई बचतकर्ताको ६ अर्बभन्दा बढी अपचलन गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।

बिज्ञापन

सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । उक्त सहकारीले बचतकर्ताको १० अर्ब भन्दा बढि ठगेको अभियोग छ ।

बिज्ञापन

भण्डारीले विभिन्न व्यक्तिको किर्ते हस्ताक्षर गर्ने र खाताबाटै पैसा गायब गराउने गरेका थिए । सहकारीको रकम हिनामिनाको विषयमा १ सय ९९ बचतकर्ताहरुले सहकारी विभागमा उजुरी दिएका थिए । सहकारीको ६ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

उनलाई अनुुसन्धानका लागि आईतबार म्याद थपका लागि अदालत लैजाने तयारी रहेको छ । भन्डारी नेपाली कांग्रेस सहकारी विभागका पूर्व सचिब हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष