बचतकर्ताको ६ अर्ब अपचलन गरेको आरोपमा लालिगुराँस सहकारीका सीइओ पक्राउ

प्रहरीले लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सीइओ सुरेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । ललितपुरको पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सीइओ रहेका भण्डारीलाई बचतकर्ताको ६ अर्बभन्दा बढी अपचलन गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।

बिज्ञापन

सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । उक्त सहकारीले बचतकर्ताको १० अर्ब भन्दा बढि ठगेको अभियोग छ ।

बिज्ञापन

भण्डारीले विभिन्न व्यक्तिको किर्ते हस्ताक्षर गर्ने र खाताबाटै पैसा गायब गराउने गरेका थिए । सहकारीको रकम हिनामिनाको विषयमा १ सय ९९ बचतकर्ताहरुले सहकारी विभागमा उजुरी दिएका थिए । सहकारीको ६ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोपमा उनीबिरुद्ध ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

उनलाई अनुुसन्धानका लागि आईतबार म्याद थपका लागि अदालत लैजाने तयारी रहेको छ । भन्डारी नेपाली कांग्रेस सहकारी विभागका पूर्व सचिब हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष