सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत साँगादेखि धुलिखेलसम्मको सडक निर्माण कार्यले पछिल्लो समय गति लिएको छ। राजधानी काठमाडौंलाई काभ्रेपलाञ्चोकसँग जोड्ने महत्वपूर्ण सडकखण्डको स्तरोन्नति अन्तिम चरणतर्फ अघि बढिरहेको छ।
बिज्ञापन
आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेव खोला पुलसम्मको बायाँतर्फको सडकमा डिबिएम (डेन सिक्स बिटुमिनस म्याकाडम) कालोपत्रे गर्ने काम भइरहेको छ। निर्माणका क्रममा अहिलेसम्म साँगा–धुलिखेल खण्डको करिब ६.५ किलोमिटर सडकमा चारै लेनमा डिबिएम कालोपत्रे सम्पन्न भइसकेको छ।
बिज्ञापन
आयोजनाको पछिल्लो विवरणअनुसार साँगा–धुलिखेल खण्डको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ। निर्माण कार्यले थप गति लिएसँगै बाँकी सडक संरचना, कालोपत्रे तथा अन्य आवश्यक पूर्वाधारको कामसमेत अघि बढाइएको छ।
सूर्यविनायक–धुलिखेल सडक काठमाडौं उपत्यकाबाट पूर्वतर्फ जाने प्रमुख सडकमार्ग भएकाले यसको स्तरोन्नतिलाई यातायात व्यवस्थापन र आवागमन सहज बनाउन महत्वपूर्ण मानिएको छ। सडक चार लेनमा स्तरोन्नति भएपछि काठमाडौं, भक्तपुर र काभ्रेबीचको यातायात आवागमन थप सहज हुने अपेक्षा गरिएको छ।
बिज्ञापन
आयोजनाले बाँकी निर्माण कार्यलाई पनि तीव्रता दिँदै निर्धारित समयभित्र सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ। निर्माण कार्यमा तीव्रता आएपछि लामो समयदेखि स्तरोन्नतिको प्रतीक्षामा रहेको साँगा–धुलिखेल सडकखण्डले क्रमशः नयाँ स्वरूप लिन थालेको छ।





























