उर्जा,जलस्रोत तथा सिँचाई मन्त्राययको सचिव सरिता दुवाडीको सरुवा भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनको नेपाल ट्रस्टको कार्यालयमा सरुवा गर्ने निर्णय भएको हो।
बिज्ञापन
मसिर १३, २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले तत्कालिन सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेको थियो । सचिव बढुवा भएको केही महिना पछि अर्थात ०८० चैतदेखि उनी झण्डै ३० महिना सोही मन्त्रालयको सचिवको रुपमा कार्यरत थिइन् । अन्य मन्त्रालयका सचिवहरु बढीमा पाँच/ सात महिनामै सरुवा भइरहँदा दुवाडी झण्डै तीन बर्षदेखि सोही मन्त्रालयमा कार्यरत थिइन । प्रचण्ड सरकारको समयमा सचिव बनेकी उनले यो अवधिमा शक्ति बहादुर बस्नेत, दीपक खड्का, कुलमान घिसिङ्ग, अनिलकुमार सिन्हादेखि विराजभक्त श्रेष्ठ संग काम गरिरहेकी उनै दुवाडीको समेत जोडबलमा भदौं महिनामा ठूलो संख्यामा सिडिईहरु चलाउँदा अपारदर्शी रुपमा कर्मचारीहरुको सरुवा भएको भन्दै उनीहरुले असन्तृष्टि पोख्दै आएका थिए ।
बिज्ञापन
मन्त्रालयले हालैमात्र ८७ जना उपसचिवस्तरका सिडिईहरुको सरुवा गरेको थियो । मन्त्रीको सचिवालयभित्रै सरुवा प्रक्रियालाई लिएर प्रश्न उठेको र केही सरुवा रोक्ने प्रयाससमेत भएको खबर बाहिरिरहँदा उनलाई नेपाल ट्रष्टको कार्यालयमा खटाइएको हो ।
यस अघि ११ सचिवको दरबन्दी कटौतीमा परेको थियो । जस अनुसार,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,राजश्व सचिव, युवा तथा खेलकुद मन्त्रालय, साबिक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा जनसंख्या तथा प्रशासनतर्फका एक–एक गरी चार सचिव छन् । साबिक खानेपानी मन्त्रालय, साबिक सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र शिक्षाका प्राविधिकतर्फका एक–एक गरी चार सचिवको दरबन्दी कटौतीमा परेको थियो । यस अघि नेपाल ट्रस्टको कार्यालयमा पनि सचिवको दरबन्दी आवश्यक नभएको सरकारको निष्कर्ष छ । तर, ट्रस्ट ऐनमा सचिवको दरबन्दी हुने व्यवस्था भएकाले ऐन संशोधनपछि मात्रै कटौती गर्ने तयारी छ । सोही स्थानमा सचिव दुवाडीलाई खटाइएको हो ।
बिज्ञापन
८७ सीडीईहरुको ‘अपारदर्शी ‘सरुवा,सचिव- महानिर्देशकको भूमिकामाथि उठ्यो प्रश्न


























